विमला तुम्खेवा, साहित्यकार
मेरो प्रेरणा : आफ्नै भोगाइहरू ।
मेरो आशा : विश्वास ।
मेरो करियर : कविता लेखन ।
मेरो कर्म : असल ।
मेरो समर्पण : राष्ट्रप्रति ।
मेरो प्रेम : परिवार ।
मेरो इच्छा : शान्त डाँडामा बसेर कफी पिउने ।
मेरो आदर्श : मेरी आमा ।
मेरो बलियो पक्ष : निर्भिकता ।
मेरो आकांक्षा : संसारलाई महसुस गर्ने ।
मेरो घर : सानो फूलबारी ।
मेरो कमजोरी : रिसाएपछि नफक्किने ।
मेरो दृढता : जति थेचार्यो त्यति माथि उठ्ने ।
मेरो सोच : समान ।
मेरी आमा : मेरो गुरु ।
मेरा सन्तान : सत्य ।
मेरो परिवार : एउटा आधार ।
मेरो भरोसा : मेरो आत्मविश्वास ।
मेरो जीवन : जीवन संसारकै सुन्दर संरचनामध्ये एउटा संरचना हो । अत: म केवल माया, करुणा एवं सत्यलाई लिएर बाँच्न चाहन्छु ।