महिला संघर्षको गुन्जन
के देख्दै छु म आज पनि, महिला घरबाट निस्किन हुन्न अरे मान र प्रतिष्ठा घरको उसकै हातमा छ अरे भइरहेको छ बाल विवाह अझै पनि भन्छन् सक्दिन छोरीको बोझ धान्न केही गरी पनि
फिलिपिन्सको मनिलास्थित कोभ नाइट क्लबमा सम्पन्न भएको पहिलो संस्करणको ग्लोबल एसियन मोडल–२०१९ मा नेपालबाट सहभागिता जनाएकी सोफिया भुजेलले महिला प्रतिस्पर्धीहरूको समूहमा टप टेनसम्म यात्रा तय गर्न सफल भएकी छिन् ।
टप टेनभित्र सोफियासँगै जापान, फिलिपिन्स, क्यानाडा, थाइल्यान्ड, बेलायत, सिंगापुर, अमेरिका र भियतनामका दुई जना प्रतिस्पर्धी पुग्न सफल भएका थिए । २३ वर्षीया काठमाडौंनिवासी सोफिया ५ फिट ७ इन्च अग्ली छिन् । मिस नेपाल–२०१९ को प्रतिस्पर्धीसमेत रहिसकेकी सोफियाले मिस नेपाल प्रतियोगितामा टप सेभेनसम्मको यात्रा तय गरेकी थिइन् ।