पुस महिनाको राशिफल
मेष : सोचेजस्तै सफलता पाउन काममा अलिक बढी खट्नुपर्नेछ । काम सकियो भन्ने बेलामा आकस्मिक बाधा आउँदा काममा समस्या हुनसक्छ । सकेसम्म महत्वपूर्ण कामलाई निर्धारित समयमै गर्दा ढुक्क भइनेछ ।
पहिलो मिस नेपाल अमेरिकाकी विजेता सुजिता बस्नेतले गत साता यहाँ सम्पन्न मिस मेरिल्यान्ड युएसएमा सेकेन्ड रनर्सअपको उपाधि जितेकी छिन् । उनले पब्लिक च्वाइसको टाइटल पनि प्राप्त गरिन् ।
सुजिता सन् २०१६ मा अमेरिकामा सम्पन्न मिस वल्र्ड अमेरिकामा सहभागी भएर सेमिफाइनलमा पुगेकी थिइन् ।
सुजिता पहिलो पटक सन् २०११ मा नेपाली युवतीहरूमाझ भएको मिस नेपाल युएसएकी विजेता हुन् । वासिङ्टन डिसीमा जन्मिएकी सुजिताले १९५२ देखि हँुदै आएको यो प्रतियोगितामा ९३ जना अमेरिकी युवतीलाई पछि पारेकी थिइन् ।
शिव शर्मा