‘स्वस्थ रहन शरीर सन्तुलन हुनु जरुरी’
खाना र स्वास्थ्य एक–अर्काका परिपूरक हुन् । हामीले जस्तो खाना खान्छौं, हाम्रो स्वास्थ्य त्यस्तै हुन्छ । तसर्थ शारीरिक र मानसिक स्वास्थ्यका लागि स्वस्थ खाना एकदमै जरुरी हुन्छ ।
इटहरीकी १८ वर्षीया प्रेजिना नेपालले मिस ब्युटी आइकन–२०१९ को उपाधि जितेकी छिन् । इटहरीको विश्व आदर्श कलेजबाट भर्खरै प्लस टु सकेकी उनले प्रमुख निर्णायक हर्षिका श्रेष्ठले सोधेको प्रश्नको उत्कृष्ट उत्तर दिँदै १० जना प्रतिस्पर्धीलाई पछि पारेकी थिइन् । नेपालले मिस फ्रेन्डसिपको सब टाइटलसमेत हात पारिन् । उक्त अवसरमा १७ वर्षीया मनिला सिम्खडाले फस्ट रनर्सअपका साथै मिस बेस्ट वाक तथा मिस मल्टिमिडियाको उपाधिसमेत आफ्नो पोल्टामा पारिन् ।
यसैगरी निशा सुब्बाले सेकेन्ड रनर्सअपको उपाधि हात पारिन् । प्रतियोगिताको विधागत उपाधितर्फ मिस ट्यालेन्टमा इश्ना गुरुङ, मिस पब्लिक च्वाइसमा सुहाना श्रेष्ठ, मिस इन्टलेक्चुअल तथा मिस फोटोजेनिकमा कशिस बस्नेत, मिस एथलेटिकमा समीक्षा अधिकारी तथा मिस पर्सनालिटीमा प्रतिमा राई विजेता रहे ।