Successfully Copied

स्मार्ट लुक्समा अश्मि र शिक्षा

मिस नेपाल अश्मि श्रेष्ठ तथा मोडल शिक्षा शाक्यको चिनजान पुरानै भए पनि सँगै फोटोसुट भने पहिलो पटक हो । अहिले दसैं भन्नासाथ रातो वा झिलिमिली नै लगाउनुपर्छ भन्ने छैन । नयाँ लगाउनुपर्छ र स्मार्ट देखिनुपर्छ भन्ने सोच प्रबल हुँदै गएको छ । त्यसैले हामीले अहिलेको पुस्ताको

मिस नेपाल अश्मि श्रेष्ठ तथा मोडल शिक्षा शाक्यको चिनजान पुरानै भए पनि सँगै फोटोसुट भने पहिलो पटक हो । अहिले दसैं भन्नासाथ रातो वा झिलिमिली नै लगाउनुपर्छ भन्ने छैन । नयाँ लगाउनुपर्छ र स्मार्ट देखिनुपर्छ भन्ने सोच प्रबल हुँदै गएको छ । त्यसैले हामीले अहिलेको पुस्ताको च्वाइसअनुसार क्याजुअल स्मार्ट डिजाइनर वेयरलाई आवरणमा स्थान दिएका छौं । २०१६ की मिस नेपाल अश्मिले त्यसअघि नै क्लासिक डायमण्डको फेसन कम्पिडिसन जितिसकेकी थिइन् । मोडलिङमा धैर्य चाहिन्छ भन्ने अश्मि अहिले इन्टेरियर डिजाइनिङको कोर्स गरिरहेकी छिन् । शान्त र भलाद्मीपन नै उनको विशेषता हो । अश्मि भित्री सुन्दरता नभई बाहिरी सुन्दरताको कुनै मूल्य नहुने कुरा बताउँछिन् । 

त्यस्तै शिक्षा ६ वर्षदेखि र्‍याम्प मोडलिङ, फोटोसुट तथा विज्ञापनहरूमा व्यस्त शिक्षा अहिले र्‍याम्प कोरियोग्राफीमा समेत सक्रिय छिन् । चलचित्रबाट अफर आए पनि चित्तबुझ्दो कथा र टिम नभएकाले अभिनयतिर नआएको बताउने शिक्षा राम्रो चलचित्र आए काम गर्ने मनसायमा छिन् । केही समयअघि विवाह गरेकी शिक्षा श्रीमान्सँगै ट्राभल ब्लगमा संलग्न छिन् । उनी बालीस्थित नाइसटु बाली कम्पनीकी ब्रान्ड एम्बेसडरसमेत हुन् । 

दसैं

अश्मि : सबै चाडपर्वको आ–आफ्नै महत्व भए पनि अश्मिलाई दसैं सबैभन्दा मनपर्ने पर्वमध्ये एक हो । चितवन टाँडी पुख्र्यौली घर भए पनि काठमाडौंमै बसोबास गर्ने अश्मि दसैंमा घर जान, आफन्त एवं दिदीभाइहरू भेट्न, तास खेल्न, मीठा–मीठा परिकारहरू बनाएर खान, मन्दिर जान तथा चंगा उडाउन रुचाउँछिन् । 

शिक्षा : दसैं भन्नासाथ शिक्षालाई मनैदेखि रमाइलो लाग्छ । काठमाडौं नरदेवीकी शिक्षा पहिलेदेखि दिदीबहिनीहरूको घरमा पालैपालो गएर तास खेल्नुका साथै चंगा उडाउँथिन् । अहिले आफ्नै दिदी पनि अस्ट्रेलियामा र अरू दिदीबहिनी, दाजुभाइहरू पनि विदेशतिरै भएकाले केही वर्षयतादेखि दसैंमा पहिले जस्तो रमाइलो लाग्दैन । तैपनि तास खेल्ने परम्परा भने त्यस्तै छ । ६ महिनाअघि विवाह गरेकी शिक्षा यसपटकको दसैं भने केही फरक हुने बताउँछिन् । श्रीमान्को घर धरान भएकाले धरान पनि जानुपर्ने हुँदा दसैंको रौनक अझ बढ्ने उनले बताइन् । दसैं पारिवारिक पर्व भएकाले परिवारसँगै मनाउँदा रमाइलो हुने शिक्षाको अनुभव छ ।

तस्बिर : महेश प्रधान

संयोजन : सिर्जना दुवाल श्रेष्ठ

पहिरन : रस्ना श्रेष्ठ ‘मुसी’

मेकअप तथा हेयर : पूनम श्रेष्ठ, पूनम ब्युटी क्लब, सानेपा

लोकेसन : भिभान्ता काठमाडौं, झम्सिखेल

 

 Image