सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।
इटहरीमा तीजको छेको पारेर ‘मिस तीज सारी क्विन–२०१९ फोटो कन्टेस्ट’ सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त प्रतियोगितामा संगीता उप्रेती लम्साल विजेता घोषित भएकी छिन् । संगीतालाई पछ्याउनेमा सिर्जना पोख्रेल र शर्मिला दाहाल छन् ।
परिकला मिडियाद्वारा संचालित तथा डीथ्री अनलाइनले आयोजना गरेको उक्त फरक कन्सेप्टको फोटो प्रतियोगिताको फाइनलमा ८ जना प्रतिस्पर्धी थिए । प्रतियोगितामा भावना श्रेष्ठ बेस्ट फोटोजेनिक तथा रश्मि राना अर्गनाइज च्वाइसको पुरस्कार जित्न सफल भए ।
प्रतियोगिताका लागि आयोजकले फोटोसुट र बायोग्राफी भिडियो बनाएर फेसबुक पेज तथा युट्युबमा सार्वजनिक गरेको थियो । त्यही पोस्टको लाइक, सेयर तथा भिडियो भ्युजका आधारमा विजेताहरूको छनौट गरिएको हो ।