हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
१४ वर्षको उमेरमा मलेरियाका कारण पक्षघात भएकी विराली मोदीलाई त्यसपछि उनको परिवार र साथीभाइले समेत साथ छोडिदिएका थिए ।
अहिले ह्विलचेयर सुन्दरीका रूपमा चर्चामा आएकी विरालीले अपाङ्गता भएका व्यक्तिहरूलाई यात्रा गर्न सहज होस् भनेर अभियान चलाइरहेकी छिन् ।
उनी अपाङ्गता भएकाहरूका लागि सुरक्षित भारत नीति निर्माणका लागि गर्न संघर्षरत छिन् ।
मुम्बईस्थित सेन्ट्रल स्टेसनका ३ छुट्टाछुट्टै ठाउँका भरियाहरूले उनलाई दुर्व्यवहार गरेपछि अपाङ्गता भएकाहरूको पक्षमा आवाज बुलन्द पार्न उनले यो अभियान सुरु गरेकी हुन् ।