झिलिमिली तिहार
तिहारको बेला बजारमा बेग्लै रौनक देख्न सकिन्छ । रंगीबिरंगी लाइटदेखि भगवान्का मूर्ति, मैनबत्ती, फूल, सजावटका सामग्री बजारमा छ्यापछ्याप्ती हुन्छन् । यो पर्वमा थुप्रै सामग्रीको किनमेल गरिन्छ ।

महिला लक्षित एक हप्ते सिलाई कटाई तालिम एक कार्यक्रम वीच आइतवार समापन भएको छ ।
काठमाडौं महानगरपालिकाको सहयोगमा एस.एस. सिलाई केन्द्रले असार २२ गते देखि २९ गतेसम्म सञ्चालन गरेको सिलाई कटाइ तालिम आईतबार समापन गरिएको हो । कार्यक्रममा तालिममा सहभागी १२ जना महिलालाई प्रमाणपत्र बितरण गरियो ।
समाफन कार्यक्रममा बोल्दै कार्यत्रमका प्रमुख अतिथि महानगरपालिका सामाजिक बिकास प्रमुख सनक कुमार थापाले आफ्नो सिप क्षमताको बिकास गर्न सके जीवनयापन गर्न सहज हुने बताए । राष्ट्र बिकासका लागि यस्ता पौरखी हातहरुको आवश्यकता रहेको उनको भनाई रहेको थियो ।
त्यस्तै समाजिक बिकास महाशाखाका प्रमुख बिमला कोइरालाले यस्तो सिपले गृहणीहरुलाई आर्थिक र पारिवारिक अवस्था सुध्रान सहयोग पुग्ने बताइन । उनले भनिन, ‘सिप सिकेर मात्र हुदैन सिपलाई निर्खादै लानु आवश्यक छ ’ ।
साथै उनले महानगरले आगामी दिनमा सिपमुलक कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्याउने प्रतिबद्धता समेत जनाइन् ।
कुर्ता, सुरुवाल, टोपी, भोटो सिलाउन साथै कटिङ गर्न समेत जानकारी पाएको तालिममा सहभागि दुर्गा दंगालले बताइन् । उनले पहिलेनै आधारभुत सिलाई कटिङ तालिम लिईसकेको र अहिलेको तालिम एडभान्स भएकाले धेरै उपलब्धी हासिल भएको बताईन् ।
समयको आवश्यकता प्रबिधिको बिकास संगै सिपमा पनि परिबर्तन गर्नुपर्ने देखिएकाले एडभान्स कोर्षको तालीम दिइएको एस एस सिलाई केन्द्रका संयोजक तथा कार्यक्रमका अध्यक्ष लीला बहादुर परियारले जानकारी दिए ।