Successfully Copied

४४ सन्तानकी आमा

यो दुनियाँ आश्चर्यले भरिएको छ । यस्तै आश्चर्यको एउटा उदाहरण एक महिलाले पेस गरेकी छिन् । ३९ वर्षकी ती महिलाले अहिलेसम्म ४४ वटा सन्तान जन्माइसकेकी छिन् । तीमध्ये ३८ जना अहिले पनि जीवितै छन् भने ६ जनाको मृत्यु भैसकेको छ । संसारकै जब्बर ती महिला युगान्डाकी हुन् ।

उनको नाम मरियम नाबातन्जी हो । १२ वर्षको उमेरमा विवाह गरेकी मरियमले १३ वर्षको उमेरदेखि सन्तान जन्माउन थालेकी थिइन् र पछिल्लो २६ वर्षमा उनले झन्डै ४ दर्जन सन्तान जन्माइसकेकी छिन् । विवाह गर्दा उनी आफैं बाल्यकालमा थिइन् तर उनको लोग्नेको उमेर ४० वर्षको थियो । 

त्यसैले विवाहलगत्तै उनी गर्भवती भइन् र त्यसपछि पनि नियमित रूपमा सन्तान जन्माइरहेकी छिन् । ३९ वर्षको उमेरमा ३८ वटा सन्तान हुनु सामान्य होइन । उनका ती सन्तानमध्ये धेरै जुम्ल्याहा हुन् । उनले ६ पटक जुम्ल्याहा, चारपटक तिम्ल्याहा तथा तीनपटक चम्ल्याहा सन्तान जन्माएको बताइन्छ ।

 Image