सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।

अभिनेत्री स्वेता खड्काका श्रीमान श्रीकृष्ण श्रेष्ठको निधन भएको ४ बर्ष भैसकेको छ । २०७१ साउन २५ मा त्यतिबेलाका चर्चित अभिनेता श्रेष्ठको निधन भएपछि समग्र चलचित्र क्षेत्र शोकमा डुब्यो, स्वभाविकै उनकी श्रीमती स्वेता र परिवारलाई निकै ठुलो पिडा भयो ।
६ महिनाभन्दा धेरै घरबाट बाहिर निस्कन सकिनन् । तर, आफन्त र फ्यानहरुको हौसला र प्रेमपछि बिस्तारै पुरानै लयमा फर्किन थालिन् । रोकिएको बिजनेशको काम सुरु गरिन् । मिडिया र पुराना साथीभाईहरुसँग नजिक हुन थालिन् ।
लामो समय श्रीकृष्णको सम्झनामा दिन कटाएकी अभिनेत्री खड्का अन्ततः चलचित्र कान्छि निर्माण गरेर पुन चलचित्र क्षेत्रमा फर्किइन् । त्यसपछि उनले केहि समय समाजसेवा र विजनेसको कामलाई मात्रै ध्यान दिएपनि हालै नया चलचित्रमा अनुबन्धित भएकी छिन् । आगामी महिनाको अन्तिमबाट छायाँकनमा जाने तयारीमा रहेको चलचित्रका लागि निर्माण टिमले स्वेतालाई राम्रै पारिश्रमिक दिएको बुझिएको छ, यद्यपी के कति पारिश्रमिक लिएकी हुन् त्यो भने खुलाइएको छैन ।
धेरैले देखेको र थाहा पाएको कुरा के हो भने यि अभिनेत्री जुनसुकै कार्यक्रममा पुग्दा, नजिकका साथीभाइहरुलाई भेट्दा जब श्रीकृष्णको नाम आउँछ अनि भाबुक बनिहाल्छिन् । श्रीमानको नाम लिनेबित्तीकै स्वेताको आँखामा आँसु बग्छ भन्ने थाहा पाएका धेरैले त आजभोली त्यस विषयमा गफ गर्न छोडिदिए, तर कहिलेकाहि प्रशंग उठ्दा जब श्रीकृष्णको नाम उच्चारण हुन्छ स्वेता भाबुक बनिहाल्छिन् । अहिलेसम्म दर्जनौं सार्बजनिक कार्यक्रममा स्वेता भक्कानिएको देखिएको छ ।
मंगलबार मात्रै, चलचित्र यात्राको गीत सार्वजनिक कार्यक्रममा पनि स्वेताको आँखामा आँसु टिलपिल–टिलपिल भयो । उपस्थित अतिथी र पत्रकारका आँखा उनीतिरै तेर्सिएपछि स्वेताले आफु ठिक छु भन्ने देखाउन नजिकका अतिथीहरुसँग बोल्न खोजिन् तर बगिसकेको आँसु रोक्न सकिनन् ।
हातमा रहेको सम्मानपत्र आफुभन्दा ठिक पछि राखिन् । र, उद्घोषकले माइक दिए, केहि बोल्नका लागी । यद्यपी स्वेता भावुक स्वरमा धेरै बोल्न सकिनन्, श्रीकृष्ण र समग्र आफ्नो मान्छे चलचित्रका टिमलाई सम्झिइन् । स्वेताको मलिन अनुहार देखिरहेका अतिथीहरु भन्दै थिए, – अब त स्वेता नरोइदिए हुन्थ्यो नि !