श्रमिक मेलोनी बनिन् शक्तिशाली
इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् ।

बलत्कारको आरोपमा नेपाल प्रहरीका सईलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको छ । शुक्रबार साँझ सापटी लिएको रकम दिने बहानामा बोलाएर एक महिलामाथि बलात्कार गरेको आरोपमा चैना मुगुमा कार्यरत सइ सुर्यबहादुर शाहीलाई जिल्ला प्रहरी कार्यालय मुगुले पक्राउ गरेको हो ।
छाँयानाथ रारा नगरपालिकाकी महिलालाई बेलुकी साढे ६ बजेतिर शाहीले जर्बजस्ती करणी गरेको आरोप लागेको छ । पीडित महिलाका श्रीमानले लगातार दबाब दिएपछि आरोपीलाई पक्राउ गरेको बताए । उनले आफूलाई जिल्ला प्रहरी कार्यालय भित्रै सई शाहीले धम्क्याएको समेत उनले बताए ।
सोही साँझ शाहीले फोन गरी आफु प्रहरी चौकी सोरुकोटमा सरुवा भइसकेको र बिहानै जाने तयारी भएकाले पैसा लिन आउन भनेका थिए । पैसा लिन गएको बेला चैन खोलामा बलात्कार गरेको पीडित महिलाले बताइन् ।
घटनाको साँझ पैसा लिन आउन भन्दै फोन गरेपछि आफुले साँझको बेला नआउने बताएपछि शाहीले आफु सरुवा भएर जान लागेकाले नआए पैसा समेत नपाउने भनेको पीडित महिलाले बताइन् ।
जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक लालबहादुर ऐरले अनुसन्धान प्रक्रिया अगाडी बढाइएको जानकारी दिए ।