अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
नेपाली सेनाबाट अवकाश प्राप्त गरेपछि गोमा अधिकारी धितालमा सानैदेखिको मोडलिङप्रतिको रुचिलाई साकार बनाउने सोच आयो । एसएलसीपछि सेनामा प्रवेश गरेपछि उनको मोडलिङ रहर सम्भव भएन ।
अवकाश प्राप्त हुँदा उनी दंग थिइन् र भाग लिन पुगिहालिन्, मिसेज हिमालयन नेपाल २०१८ मा र उनी विजयी पनि भइन् । त्यसपछि गोमा नेपालको प्रतिनिधित्व गर्दै मिसेज एसिया प्यासिफिक–२०१८ मा पुगिन् जहाँ उनले सोसल मिडिया क्विनको अवार्ड हात पारिन् ।
यस क्रममा उनलाई आफै ब्युटी प्याजेन्ट आयोजना गर्ने रहर जाग्यो । त्यसैको परिणामस्वरूप गोमाले वाटिका इन्टरटेन्टमेन्ट कम्पनी खोलेर इभेन्ट अर्गनाइजरका रूपमा मिस्टर एण्ड मिस नेपाल आइकन आयोजित गर्दैछिन् जुन कार्यक्रम प्रशिक्षणदेखि नै टेलिभिजनमा रियालिटी शोको कन्सेप्टमा हुने बताइएको छ । गोमाका अनुसार यदि कुनै काम गर्ने रहर छ भने समयले छेक्दैन तर कामप्रति दृढ संकल्प हुनुपर्छ ।