मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
फोटो खिच्ने क्रममा पक्राउ परेकी फोटो पत्रकार वर्षा शाह रिहा भएकी छिन् । देश सञ्चार अनलाइनमा कार्यरत शाहलाई फोटो खिच्न राष्ट्रपति कार्यालय शितल निवास पुगेको बेला हिजो अपराह्न प्रहरीले पक्राउ गरेको थियो ।
प्रेस पास झुण्ड्याएर तस्बिर खिचिसकेपछि कार्यालय फर्किन गाडी कुरिरहेको बेला आफूलाई प्रहरीले नियन्त्रणमा लिएको शाहले बताएकी छिन् । गए राति सात बजे महानगरीय प्रहरी वृत महाराजगञ्जबाट रिहा भएकी शाहले प्रहरीले आफूलाई एउटा अपराधीलाई जस्तो व्यवहार गरेर पक्राउ गरेको बताएकी छिन् । पत्रकारको परिचय पत्र झुण्ड्याएको अस्थामा प्रहरीले सामान्य सुझबुझ समेत नगरी आफूलाई पक्राउ गरेको उनको भनाई छ ।
सर्वसाधारणसँग एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्याउन पुगेको समूहको फोटो खिच्दै गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको थियो । पक्राउका क्रममा प्रहरी महिलाको नंग्राले शाहको घााटीमा कोतरिएको छ ।