‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।

हिजोआज हेयर स्टाइलमा पफको चलन बढ्दो छ । केही फरक देखिन पफ स्टाइल प्रयोग गर्न सकिन्छ । यसबाट लुकमा परिवर्तन आउँछ । पफ स्टाइललाई पनि थुप्रै तरिकाले अपनाउन सकिन्छ । विशेषगरी फोक्स पफ अप डु पफ, हाफ अप पफ, लुज पफ, फंकी पफ, पफ पोनिटेल, सेक्सी हाइ क्राउन पफ आदि यसका प्रचलित विधि हुन् । यी भेराइटीमध्ये आफ्नो केशको कट, टेक्स्चर तथा अनुहारको आकारलाई ध्यानमा राखी स्टाइल छनोट गर्नुपर्छ ।
फोक्स पफ बाक्लो तथा कालो केशमा बढी सुहाउँछ । केश राम्रो र ठीकसँग काटिएको छ भने यो स्टाइल अझ आकर्षक देखिन्छ । अप डु पफ अण्डाकार अनुहारमा राम्रोसँग खुल्छ । यो स्टाइल सीधा केशमा बढी शोभनीय हुन्छ तर कर्ली केशमा यसलाई क्यारी गर्न समस्या हुन्छ । हिजोआज हाफ अप पफ लोकप्रिय छ । यो हरेक प्रकारको अनुहार सुहाउँदो हुन्छ । हल्का केशमा पनि यो स्टाइललाई सहज रूपमा सेट गर्न सकिन्छ ।
पफ हेयर स्टाइल हरेक लेन्थको केशमा सुहाउँछ । केश चाहे छोटो, मिडियम वा लामो नै किन नहोस्, सबै लेन्थमा यो शैली आकर्षक देखिन्छ । पफ बनाउँदा आफ्नो अनुहारको आकारमा ध्यान पुर्याउनु जरुरी छ । त्यसपछि सोहीअनुसार पफ बनाउनुपर्छ, होइन भने यसले सन्तोषजनक परिणाम नदिन सक्छ ।
गोलो अनुहार : गोलो अनुहारलाई सन्तुलित देखाउन केशको बीचबाट उठेको र किनारबाट तलतिर झरेको देखाउनुपर्छ ।
ओबल अनुहार : यसमा अगाडितिरको केश एकनाशको हुनु जरुरी छ ।
पातलो अनुहार : पातलो अनुहारलाई चौडा देखाउन सेन्टरबाट मुनि तथा किनारबाट माथितिर राख्नुपर्छ ।
ध्यान दिनुपर्ने कुरा : पफ बनाउँदा व्याककोम्ब गरी हेयर स्प्रेले सेट गर्नुपर्छ । केश स्ट्रेट र सिल्की छ भने कोरिरहनु पर्दैन । हातले सेप दिएर पिनअप गर्न सकिन्छ ।
केश रफ छ भने त्यसमा रेडिमेड बन प्रयोग गर्नुपर्छ । यसलाई नेचुरल रूपमा स्टाइल दिन गार्हो हुन्छ । केशमा गुणस्तरीय हेयर स्प्रे वा जेल मात्र लगाउनुपर्छ । केश पर्म गराइएको छ भने स्टाइल दिँदा कन्डिसनर तथा मुजको प्रयोग सामान्यभन्दा बढी गर्नुपर्छ ।