परिपक्व सम्बन्ध
खुल्ला प्रतिस्पर्धाबाट पहिलो पटक खाद्य व्यवस्था तथा व्यापार कम्पनीमा प्रमुख कार्यकारी निर्देशक बनेका मोहनप्रकाश चन्दको दाम्पत्य जीवन बडो रसिलो र कसिलो छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/f2-28092022054907.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/f2-28092022054907.jpg&w=1000&height=600)
‘हङ्कङको सुनको चुरा, सिङ्गापुरे साडी’ चलचित्र ‘ठुल्दाई’को यो गीत जसरी जनमानसको मुखमा झुन्डिएको छ, त्यस्तै यी श्रृङ्गारिक उपमाहरु पनि ।
नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजले नेपाल झपक्कै छोपेको छ । रातो साडी र हरियो पोतेमा धक फुकाएर नाच्ने योजनामा छन् महिलाहरु । तीज पछिल्लो समय आधुनिक बन्दै गईरहेको छ । घर, गाउँमा मनाईने तीज अहिले डिस्को र बारमा पनि मनाईन्छ ।
तीज आउनु महिना दिन अगावै गीत र कार्यक्रमका सेड्युलहरु धमाधम आईरहेका छन् । मुलुकको लगभग आधा हिस्सा बाहिर रहेका नेपाली दिदीबहिनीहरुलाई तीजको रौनकले नछुने कुरै भएन ।
आधुनिक शहर हङ्कङमा बसोबास गर्ने महिलाहरुले पनि आउने तीजको लागि भरपूर तयारी थालेका छन् । ब्यस्त दैनिकीकाबीचमा एकदिन भएपनि साथीसंगी माझ निर्धक्क भएर नाच्नुको छुट्टै मज्जा छ नि सोनु सुब्बा बताउँछिन् । बराह ज्वेलरी हङकङ शाखामा सेल्स अपरेशन अफिसरका रुपमा काम गर्ने सम्झना राईको योजना पनि गजबको छ, उनी बर्षौ भेट नभएका साथीहरुमा माझ डिस्कोमा फास्ट नम्बरको गीतमा कम्मर मर्काउदै तीज मनाउने मुडमा छिन् ।
तीजलाई धुमधामका साथ मनाउनका लागि नेपाली महिला संघ हङ्कङले तीज कार्यक्रम २०१८ को आयोजना गरेको छ । कार्यक्रममा उत्कृष्ट भेषभुषा तथा प्रतिभा देखाउनेहरुका लागि पनि आकर्षक गिफ्ट ह्याप्परको ब्यवस्था गरेका छौ संघकी अध्यक्ष टीका गुरुङ् बताउछिन् ।
स्याङ्जा जनसेवा समिती हङ्कङले पनि आफ्नो चौथो प्रस्तुतीका रुपमा तीज धमाका ४ को आयोजना गर्दैछ । डिजेईङ, आकर्षक पुरस्कार सहित आयोजना गरिएको कार्यक्रम २५ सेप्टेम्बरका दिन आयोजना गरिदैछ ।