मोक्टेल
विधि : सफा पारेर धोएको सेक्न ग्लासमा माथि उल्लिखित सबै सामग्री हालेर राम्ररी सेक गर्ने । सबै सामग्री राम्ररी मिसाएर जुस बनिसकेपछि यसलाई कोर्डियल ग्लासमा हाल्ने ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/spicy-Mango-Tango-26092022035908.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/spicy-Mango-Tango-26092022035908.jpg&w=1000&height=600)
मानसिक समस्या
घरपालुवा कुकुरहरू प्राय: तनाव सहन सक्दैनन् । तनाव हुँदा उनीहरूले साबिकको भन्दा बढी खाना खान्छन् । वातावरणमा हुने परिवर्तनले पनि तनाव उत्पन्न हुन्छ र धेरै खान खोज्छन् । उनीहरूले मन पराएको मान्छे बाहिर जाँदा वा नयाँ सदस्य आउँदा घरमा, कुनै नयाँ घरपालुवा ल्याउँदा उनीहरूमध्ये कतिपयले खाँदै नखाने त कतिपयमा धेरै खाइदिने प्रवृत्ति देखापर्छ ।
शारीरिक समस्या
मधुमेह
मानिसजस्तै घरपालुवालाई पनि मधुमेह हुनसक्छ । माइन्जुलिनको उत्पादन कम हुँदा शरीरमा कार्बोहाइड्ेरटको प्रयोग कम हुन्छ । मधुमेहमा घरपालुवाले जति खाए पनि उसको वजन कम हुँदै जान्छ ।
परजीवी–जुका
टेप वर्म, राउन्ड वर्म, हुक वर्म आदि विभिन्न किसिमका जुकाले यो समस्या निम्त्याउन सक्छन् ।
थाइराइड
थाइराइड ग्रन्थिले सही मात्रामा थाइराइड हार्मोन्स उत्पादन नगर्दा घरपालुवाको पाचन प्रणाली प्रभावित हुन्छ । फलस्वरूप उनीहरूमा धेरै खाना खाने, मोटाउँदै जाने, रोगसँग लड्ने क्षमतामा र्हास आउने आदि समस्या देखा पर्छन् ।
त्यसैगरी बढ्दो उमेरमा कुनै औषधिका कारणले वा प्यानक्रियाज ग्रन्थिले काम नगर्दा पनि घरपालुवाले साबिकको भन्दा बढी खाना खान्छन् । घरपालुवामा यस्ता समस्या छन् भने पशुचिकित्सकको सल्लाहबमोजिम उपचार गराउनुपर्छ ।
एडभान्स पेट हस्पिटल
विशालनगर, काठमाडौं