छोराको बिहे
तपाईंसँग निकै रिस उठेको छ, दिदी । राम्रो गर्नु भएन, कतै केटी नपाएर विचारधारा नै नमिल्ने परिवारसँग नाता जोड्न लाग्नु भएछ त । तिनले धेरै दाइजो दिन्छन् भनेर टीकोटालो गरेको त होइन उमेशको ?
महिला स्वास्थ्यका विषयमा सचेतना बढाउन काठमाडौंमा दोस्रो ‘पिंकाथन’ महिला दौड सम्पन्न भएको छ । गतवर्षबाट नेपालमा सुरु भएको पिंकाथन दौडमा यो वर्ष २ हजार भन्दा बढी महिलाले सहभागीता जनाएका थिए ।
लेजर पोर्टले आयोजना गरेको दौडमा सहभागी महिलाहरु राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान हुँदै महाराजगन्ज, बालुवाटार, टंगाल, गैरीधारा, लैनचौर, ठमेल, सिंहदरबार, जमल, सामाखुसी, लाजिम्पाटबाट पुन: महाराजगन्ज पुगेका थिए ।
पिंकाथनमा ३, ५, १० र २१ किमि दूरीको दौड भएको थियो । दौडमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई पुरस्कार समेत प्रदान गरिएको छ ।
काठमाडौं दौडपश्चात् पोखरामा पनि पिंकाथन आयोजना गर्ने आयोजक नमराज जोशीले बताए ।