प्रीतिको ‘अनुभूतिको इन्द्रेणी’
काठमाडौंमा हालै प्रीति आत्रेय ज्ञवालीका ‘अनुभूतिको इन्द्रेणी’ कविता संग्रह सावर्जनिक भएको छ । पुस्तकमा ५९ वटा कविता समावेश छन् ।

फ्युजन चलन
विवाह समारोहमा बेहुलाका लागि शेरवानी सुट, दौरा–सुरुवाल तथा बेहुलीका लागि साडी लेहेंगा, चोली मात्र विकल्प थिए तर अहिले समय परिवर्तन भएको छ । अब नयाँ शैलीका बलरुम गाउनदेखि मुगल शैलीको ज्याकेटसम्म बेहुलीको पहिरन बन्ने क्रम बढ्दो छ । फेसनविद्हरूका अनुसार ब्राइडल वेयरको शैली निरन्तर बदलिरहेको छ । मेहन्दीका लागि मिडियम लेन्थको लेहेंगा, साथीभाइ आउँदा स्कर्टका साथमा चोलीको फ्युजन एवं वैवाहिक समारोहमा दसदेखि बार्ह कपीको लेहेंगा चल्तीमा छन् । यी पहिरनको विशेषता यिनको कट्स हो, जुन आकर्षकका साथै ट्रेन्डी पनि देखिन्छन् ।
विशेष रूपमा विवाहका लागि हाफ, टु पिस तथा थ्री पिस साडी ट्रेन्डमा छन् । यी साडीमा गरिएका कटले रोयल लुक प्रदान गर्छन् । अहिले वेस्टर्न वेयरका साथमा एथनिक फ्युजनको ट्रेन्ड छ । बल गाउन लेहेंगा एम्बेलिस्ड वा प्लेन, रफल वा कलीका साथ लगाइन्छ । यसका साथमा सिम्पल कटको चोली प्रयोग गर्न सकिन्छ । साडी गाउन, बलिउडदेखि वैवाहिक समारोहसम्म लोकप्रिय हुँदै गएको छ । बेहुलाको पहिरनमा पनि शेरवानीको पाइजामालाई जोधपुरी स्टाइलको धोतीसँग कम्बाइन गरिँदैछ ।
ट्रजो सेलेक्सन
ट्रजो अर्थात् विवाहको अरु समारोह जस्तै संगीत, मेहन्दी, ककटेल पार्टी, बिदाइ एवं रिसेप्सनका लागि विशेष पहिरन अनि त्यहीअनुरूप एसेसरिज प्रयोग गर्ने चलन बढ्दो छ ।
संगीत समारोह : यो समारोहमा ब्राइड घाघराबाहेक स्कर्ट–सुट पनि लगाउन सकिन्छ । संगीत समारोहमा नाचगानको वातावरण हुने भएकाले सुट घाघराजस्तै लुक दिने खालको हुन्छ र स्टाइलिस समेत देखिन्छ । स्कर्ट सुटमा स्कर्ट साटनको हुन्छ । त्यसमाथि लङ लेन्थको ज्याकेट सुट गर्छ । ज्याकेट ट्रान्सपरेन्ट फेब्रिकको हुन्छ ।
मेहन्दी : यतिबेला पाइन्ट विद ज्याकेट सुट लगाउन सकिन्छ । सुटको लम्बाइ घुँडाभन्दा थोरै मुनि हुनुपर्छ । यसमा लङ ज्याकेटबाहेक चोली प्याटर्नको सुट पनि चल्तीमा छ ।
रिसेप्सन पार्टी : यसमा घाघरा ब्राइडको च्वाइसमा हुन्छ । घाघरामा धेरै हेभी वर्क रोजाइमा पर्दैन । लेयरयुक्त घाघरा अहिले फेसनमा छ । घाघरामा भन्दा चोलीमा बढी वर्क हुन्छ । जरकन र स्वरोस्की वर्क चोलीमा देख्न पाइन्छ । चोलीमा कोलर नेकलाइन, ब्याकलेस, हाफ सोल्डरको ट्रेन्ड छ । दुपट्टामा जरी र स्टोन वर्कको उपस्थिति छ । घाघराबाहेक फ्लोर लेन्थको फेन्सी ड्रेस पनि चल्तीमा छ ।
ककटेल पार्टी : यसका लागि फ्युजन शैली नै हिट छ । यसमा इन्डोवेस्टर्न लुक प्रयोग हुन्छ जहाँ कट र ड्रेपमा प्रशस्त वर्क गरिएको पाइन्छ । यसमा थाई लेन्थको कुर्तीका साथमा लेगिङ पनि लगाउन सकिन्छ । कलर्सको कुरा गर्दा हट ब्लु तथा हट पिंक फेसनमा छ । यसका साथमा भेल्भेटको फुटवेयर उपयुक्त हुन्छ ।
ध्यान दिनुपर्ने अन्य कुरा
पहिरनको चयन : विवाहका लागि पहिरन चयन गर्दा आफ्नो बडी टाइप, छालाको रंग तथा मौसममा ध्यान पुर्याउनुपर्छ ।
हाइट : बेहुलीको उचाइ बढी छ भने एलाइनदेखि फिस कट लेहेंगा लगाउनु उपयुक्त हुन्छ । हाइट कम छ भने स्ट्रेट कट्सको छनोट ठीक रहन्छ । गहँुगोरो वर्णका दुलहीहरूले न्युड कलर्स चयन गर्नुपर्छ । फेयर कम्प्लेक्सनका लागि डार्क र ब्राइट रंग प्रयोग गर्नु राम्रो हुन्छ ।
फेब्रिक : फेब्रिक चयन गर्दा मौसमको विशेष ख्याल राख्नुपर्छ । गर्मीका लागि साटन, सिफन, नेट र जर्जेट, रेशमको धागोको काम तथा स्वदेशी वर्क उपयुक्त हुन्छ । जाडोमा भेल्भेट तथा ब्रोकेडमा जरी, हेभी इम्ब्रोइडरी एवं गाढा रंग राम्रो देखिन्छ ।
मिरर वर्क : चाहे त्यो ब्लाउज होस् वा लेहेंगा, बोर्डर वा स्लिप्स मिरर वर्कको प्रयोग जहाँ पनि गर्न थालिएको छ ।
फ्लोरल : अनारकलीमा होस् वा ब्लाउजमा अथवा लेहेंगामै किन नहोस्
फ्लोरल प्याटर्न रोमान्सको प्रतीक देखिन्छ र यसको प्रयोग खुबै रुचाइएको पाइन्छ ।
मोनोक्रोम : मोनोक्रोम अर्थात् एउटै कलरको पहिरनको प्रयोग बढ्दो छ । दुई फरक–फरक सेड्स वा मिक्स–म्याच गर्नुको साटो एउटै रंगको पहिरन लगाउनु राम्रो हुन्छ ।
ज्वेलरी : पहिरन म्याचिङ कन्ट्रास्ट ज्वेलरी प्रचलनमा छ । खासगरी क्रिस्टल एवं पर्लका सेन्डेलियर इयरिङ बढी रुचाइएको पाइन्छ । सिल्भर र गोल्डका साथमा रंगीबिरंगी कुन्दनको प्रयोग पनि बढ्दो छ । डायमण्डको प्रयोग समेत उत्तिकै छ । सिल्भर र ह्वाइट गोल्डका साथमा पर्लसमेत चल्तीमा छ ।
ट्रजोमा हुनुपर्ने कुरा
क्लासिक रंगका साडी : रेड त्यस्तो क्लासिक कलर हो, जसको फेसन कहिल्यै आउट हुँदैन । यो कलरको एउटा साडी ट्रजो हुनुपर्छ । यो रंगमा हेभी इम्ब्रोइडरी बोर्डरका साथमा प्लेन सिफनको साडी राम्रो विकल्प हो । विवाहपछिका पार्टीहरूमा यसको प्रयोग गर्न सकिन्छ ।
सिल्क साडी : सिल्कको साडी वर्षौंसम्म चल्छ र यसले रोयल लुकसमेत प्रदान गर्छ । जसका कारण ब्राइडलका लागि यो अत्यन्त उपयुक्त हुन्छ । चिसो मौसमको पार्टीमा यसको प्रयोगले न्यानो अनुभूति प्रदान गर्छ ।
मल्टी कलर्ड ब्लाउज : एउटै ब्लाउजमा ब्ल्याक, गोल्डेन तथा सिल्भर कलर प्रयोग गर्न सकिन्छ । यसबाट एथनिक लुक पनि प्राप्त हुन्छ ।
पार्टी क्लच : ब्ल्याक, सिल्भर वा गोल्डेन कलरमा पार्टी क्लच खरिद गर्नुपर्छ । ब्ल्याक क्लच वेस्टर्न वेयरमा प्रयोग गर्न सकिन्छ । सिल्भर तथा गोल्ड कलरको क्लच ट्रेडिसनल ड्रेसका साथ प्रयोग गर्न सकिन्छ । साथमा एक–दुईवटा कलरफुल पोलटी पनि खरिद गर्नु उपयुक्त हुन्छ ।
स्टाइलिस टोट ब्याग्स : न्युट्रल सेड्स जस्तै ब्राउन, न्युड वा ब्लस पिंकजस्ता कलरमा टोट वा हेब्रो ब्याग्स खरिद गर्नुपर्छ । यिनमा स्टोरेज स्पेस बढी हुन्छ र यी कलर क्याजुयल वेयरसित म्याच हुन्छन् ।
पार्टी हिल्स : ब्ल्याक पम्प र क्लासिक गोल्डेन हिल्सको एकाएक जोडी आफ्नो वार्डरोवमा राख्नुपर्छ । यिनलाई इन्डियन तथा वेस्टर्न दुवै पहिरनका साथ प्रयोग गर्न सकिन्छ ।