अपाङ्गता भएकाको अब्बल परिचय
अपाङ्ग सन्तान जन्मिए नानाथरिका कुरा गरिन्छ । जस्तै, ‘पूर्वजुनीको पापको फल पाएको, आमा अलच्छिनी भएको, गर्भावस्थामा गर्न नहुने काम गरेको, पाप कुर्लिएको, फलानोलाई यसो गरेको थियो यही जुनीमा देखियो आदि ।
प्रदेश सभाको निर्वाचनमा प्राय सबै स्थानमा महिला पछि परेका छन् । झन पाँचथरमा २५ पुरुष निर्वाचनको मैदानमा देखिदा १ महिलाको मात्रै उम्मेदवारी दर्ता भएको छ । उक्त जिल्लामा २५ जना पुरुष उम्मेदवारसँग एक्लै महिलाले प्रतिष्पर्धा गर्ने भएकी छिन् ।
प्रतिनिधिसभाको एउटा र प्रदेश सभाका दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ११ दलका २५ जनामध्ये एक जनामात्र महिला उम्मेद्वार बनेकी छन् । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पाँचथरले पाँचथरको प्रतिनिधिसभा सदस्य पदमा शान्तिमायाा लिम्वु (शिग)लाई उम्मेद्वार बनाएको छ ।
आगामी मंसीर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँचथर जिल्लाका अन्य कुनै पनि दलहरुले प्रत्यक्षतर्फको चुनावमा महिला सहभागी गराउन सकेनन् ।
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र भएको पाँचथरमा एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)पाँचथरले शिगु (लिम्वु) को नाम सिफारिस गरेको हो । समानुपातिकतर्फ भने अन्य थुप्रै दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाको लागि महिलाहरुको नाम सिफारिस गरेको छ ।