नारीमैत्री नवराज
मदन पुरस्कार–०७८ विजेता कवि तथा सञ्चारकर्मी नवराज लम्साल (पिएचडी) का महिलाप्रतिका यी शब्दका भाव मर्मस्पर्शी छन् । थुप्रै महिलाको न्यानो मायाको स्पर्शबाटै आफ्नो बाल्यकाल सिञ्चित भएको उनी बताउँछन् ।
प्रदेश सभाको निर्वाचनमा प्राय सबै स्थानमा महिला पछि परेका छन् । झन पाँचथरमा २५ पुरुष निर्वाचनको मैदानमा देखिदा १ महिलाको मात्रै उम्मेदवारी दर्ता भएको छ । उक्त जिल्लामा २५ जना पुरुष उम्मेदवारसँग एक्लै महिलाले प्रतिष्पर्धा गर्ने भएकी छिन् ।
प्रतिनिधिसभाको एउटा र प्रदेश सभाका दुईवटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ११ दलका २५ जनामध्ये एक जनामात्र महिला उम्मेद्वार बनेकी छन् । एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पाँचथरले पाँचथरको प्रतिनिधिसभा सदस्य पदमा शान्तिमायाा लिम्वु (शिग)लाई उम्मेद्वार बनाएको छ ।
आगामी मंसीर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँचथर जिल्लाका अन्य कुनै पनि दलहरुले प्रत्यक्षतर्फको चुनावमा महिला सहभागी गराउन सकेनन् ।
प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र भएको पाँचथरमा एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)पाँचथरले शिगु (लिम्वु) को नाम सिफारिस गरेको हो । समानुपातिकतर्फ भने अन्य थुप्रै दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाको लागि महिलाहरुको नाम सिफारिस गरेको छ ।