Successfully Copied

प्रतिभाशाली नानी

लामो समयदेखि नाट्य क्षेत्रमा सक्रिय नानी थापा आफ्नै लेखन, निर्देशन एवं अभिनय रहेको नाटक ‘जूनकिरी’ का कारण चर्चामा छिन् । नानीले नाटकभित्र गीत, नृत्य तथा कवितामार्फत हास्य, करुण, शृंगार, भयानक आदि नौवटै रसको प्रयोग गरी जूनकिरी पात्रको मनोवैज्ञानिक विचलन प्रस्तुत गरेकी छिन् ।

यसअघि उनका ४ वटा एकल नाटक प्रदर्शनमा आइसकेका छन् । सिन्धुपाल्चोकमा जन्मिएकी नानीले बालमनोवैज्ञानिकका रूपमा समेत काम गरिसकेकी छिन् । सानैदेखि कलाकारितामा रुचि राख्ने थापाले १० वर्षकै उमेरदेखि नाटकमा अभिनय गर्न थालेकी हुन् । थापाले बाल कलाकारका रूपमा सडक तथा स्टेज नाटक लेखन, निर्देशन एवं अभिनय गर्ने क्रममै १४ वर्षको उमेरमा आफ्नो पहिलो एकल नाटक पुतली मञ्चन गरेकी थिइन् ।

बेचिएकी चेली, विद्रोह, अ ब्युटिफुल वुमन हुँदै पाचौँ एकल नाटक जूनकिरीपछि उनको छैटौं एकल नाटक ‘जिन्दगी जिन्दावाद’ तयार भैसकेको छ । त्रिविबाट नाटक, सामाजिक कार्य तथा कानुनमा स्नातक गरी मनोविज्ञान एवं राजनीतिशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेकी थापा अहिले पूर्वाञ्चल विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर गर्दैछिन् । सामाजिक न्यायको क्षेत्रमा कार्यरत थापाका नाटकहरू पनि सामाजिक विषयवस्तुमै केन्द्रित हुन्छन् ।

 Image