Successfully Copied

परिवर्तित तीज

तीजलाई प्रारम्भिक कालमा महिलाहरूको जनसंख्या अधिक र पुरुषहरूको जनसंख्या न्यून एवं मातृसत्तात्मक राज्य प्रणाली भएको समयदेखि मनाउन थालिएको मानिन्छ । तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । यो पर्व मुख्य

तीजलाई प्रारम्भिक कालमा महिलाहरूको जनसंख्या अधिक र पुरुषहरूको जनसंख्या न्यून एवं मातृसत्तात्मक राज्य प्रणाली भएको समयदेखि मनाउन थालिएको मानिन्छ । अल्पसंख्यक पुरुषहरू प्रति अगाध प्रेम एवं माया दर्शाउनुका साथै पुरुषको आयु एवं श्रीवृद्धि कायम गर्न, मन पराएको पुरुषसँग घरजम बसाउन तथा पुरुषलाई पनि प्रेम के हो भन्ने कुरा सिकाउन तत्कालीन समाजका मातृशक्तिले यो परम्परा बसालेको बताइन्छ ।  

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । यो पर्व मुख्य रूपले नेपालभर मनाइन्छ भने भारतका पनि केही प्रान्तमा मनाइन्छ । भनिन्छ, भगवान् शिवकी अर्धाङ्गिनी आद्यशक्ति हिमालय पुत्री पार्वतीले भगवान् शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत बसेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो र त्यही दिनको स्मरणमा आजसम्म यो पर्व मनाइँदै आएको एकथरीको धारण छ । त्यस्तै हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन दिए । उक्त कुरा पार्वतीलाई मन नपरेपछि उनी आफूले मन पराएको वर प्राप्त गर्न जंगल गएर शिवजीको तपस्या गर्न थालिन् ।

पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भैसक्दा पनि फल नपाउँदा अब यसरी भएन भनेर उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई व्रत सुरु गरिन् । पार्वतीको त्यस्तो कठोर व्रतका कारण शिवजी प्रकट भै ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव–पार्वतीको विवाह भयो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले सोही तिथिदेखि महिलाहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले । तीजको परम्परा पौराणिक कालदेखि नै चल्दै आएको मानिन्छ । प्राचीन कालदेखि नै लोकप्रिय र प्रसिद्ध तीज भाद्र शुक्ल पक्षको तृतीयाका दिन पर्छ । भाद्रशुक्ल तृतीयाका दिन हस्ता नक्षत्र र सोमबार परे तीजको महत्व बढ्ने कुरा शास्त्रमा उल्लेख छ ।

तीन चीजबाट जन्मिएको हुनाले त्रिज भन्ने संस्कृत शब्दबाट तीज शब्द प्रयोग भएको बताइन्छ । तीजको धार्मिक एवं ऐतिहासिक पक्ष शिव–पार्वतीसँग जोडिन्छ । थोरै परिश्रमले धेरै फल मिल्ने व्रत–उपवासका बारेमा उठेको पार्वतीको जिज्ञासामा शिवजीले हरितालिकाको व्रत विधान बताउनुभएको र तीनै चीजको संयोग भएको समयमा उपवास गरी आराधना गर्नाले सबै पापबाट मुक्ति पाइने कुरा शास्त्रमा उल्लेख छ । तीनै कुरा जुरेको समयको व्रत उत्तम हुने भए पनि त्यस्तो संयोग यदाकदा मात्र सम्भव हुन्छ । यस सन्दर्भमा धार्मिक, सांस्कृतिक एवं समाजशास्त्रीय विवेचन पनि उल्लेखनीय छ ।

तीजलाई प्रारम्भिक कालमा महिलाहरूको जनसंख्या अधिक र पुरुषहरूको जनसंख्या न्यून एवं मातृसत्तात्मक राज्य प्रणाली भएको समयदेखि मनाउन थालिएको मानिन्छ । अल्पसंख्यक पुरुषहरू प्रति अगाध प्रेम एवं माया दर्शाउनुका साथै पुरुषको आयु एवं श्रीवृद्धि कायम गर्न, मन पराएको पुरुषसँग घरजम बसाउन तथा पुरुषलाई पनि प्रेम के हो भन्ने कुरा सिकाउन तत्कालीन समाजका मातृशक्तिले यो परम्परा बसालेको बताइन्छ । त्यतिबेलादेखि चलेको संस्कार नै अहिले तीजका रूपमा विकसित भएको मानिन्छ । तीज किन मनाइन्छ भन्ने विषयमा अनेकौं प्रसंग उल्लेख भए पनि नेपाली सामाजिक सन्दर्भ हेर्दा चेली र माइतीको परस्पर सम्बन्धले नै तीजको महत्व बढाएको देखिन्छ ।

पहिले–पहिले तीज पूर्णत: माइतीसँग समय बिताउने अवसर जुराउने तथा मीठोमसिनो खाने पर्वका रूपमा स्थापित थियो । अहिले यसमा केही परिवर्तन आएको छ । खासगरी तीजमा विवाहित महिलाहरू श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान एवं मनोरञ्जन गर्छन् भने अविवाहितहरू सुयोग्य वरको आशामा व्रत बस्छन् । व्रतको समयमा महिलाहरूले नाचगान गर्ने, तीजको कथा सुन्ने र समापनमा पूजा गरी ब्राह्मण–ब्राह्मणीहरूलाई दान–दक्षिणा गर्ने चलन छ । यसका साथै शास्त्रअनुसार १२ महिनाको रजस्वलामा अञ्जानवश गरिएका पापबाट मुक्त हुन भाद्रशुक्ल पञ्चमीका दिन ३ सय ६५ वटा दतिवन टोकी माटो तथा गाईको गोबर लगाएर विधिपूर्वक नुहाउने चलनसमेत छ । महिलाहरूले रातो टीका, रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीजको विशेषता हो ।

महिलाहरूले नाचगान गर्दै हर्षोल्लासका साथ दिनभरि भोकै बसी श्रीमान्को दीर्घायुको कामना गर्नु नै तीज पर्वको उल्लेख्य पक्ष मानिन्छ । हिजोआज पीडा, वेदना एवं गुनासो व्यक्त गर्नेभन्दा पनि यो पर्वलाई महिला अधिकारको पक्षमा अपिल गर्ने, महिलावादी गीत–संगीत र लयलाई स्थापित गरी आममहिलामा जागरण ल्याउने सभ्य तरिका अपनाई भद्र अवज्ञका रूपमा तीज पर्वलाई स्थापित गरी न्यायिक समानता एवं जन्मसिद्ध प्राकृतिक अधिकारको माग गर्ने पर्वका रूपमा समेत अपनाइएको पाइन्छ । यद्यपि कतियपमा देखासिकी तथा व्यापारिक दृष्टिकोणले तडकभडक तथा गरगहना एवं लत्ताकपडाको प्रदर्शनजस्ता विकृतिसमेत देखा परेका छन् । अनावश्यक खर्च, भड्किलो एवं अश्लील गीत–संगीत पनि तीजकै बहानामा आउने गरेका छन् जसलाई यो पर्वको विकृति मान्न सकिन्छ । यद्यपि सीमित जाति एवं धर्मको दायराबाट फराकिलो परिवेशमा पुग्नु आधुनिक तीजको सुन्दर पक्ष हो । हिजोआजको तीज फरक हुँदै गएको छ । यसको धार्मिक पक्षभन्दा मनोरञ्जक पक्ष विस्तारित हुँदैछ ।

तीज र सौन्दर्य

त्यसै पनि चाडपर्व आएपछि सबैमा उल्लास छाउँछ । यो समय नै खुसी र हर्षको समय हो । सबैजना वर्षभरिको थकान मेटाउने, कतै साथीभाइ वा परिवारसँग घुमघाममा निस्कने अथवा जमघटमा खाने–पिउने एवं रमाउने मुडमा हुन्छन् । यही बेला हो आफूलाई समय दिने, किनमेल गर्ने, घर तथा आफूलाई सिंगार्ने । नेपाली चाडपर्वमध्ये तीज विशेषत: महिला लक्षित पर्व भएकाले यतिबेला महिला सरोकारका कुराहरूमै बढी केन्द्रित हुनु स्वाभाविक हो । महिलाहरू यो समयमा आफूलाई स्वतन्त्र र प्रफुल्ल महसुस गर्दै आफ्ना रुचिका कुराहरूमा समय बिताउन मन पराउँछन् । खानपान–नाचगान एवं किनमेलबाहेक उनीहरू आफूलाई सुन्दर बनाउने कुरामा पनि उत्तिकै समय खर्चन्छन् ।  

 Image