महिला सशक्तीकरणमा अर्जुन
नेपालमा कुटनीतिज्ञमध्येका एक हुन्– डा.अर्जुन कार्की । संखुवासभा खाँदबारीमा जन्मिएका कार्कीको बाल्यकाल महिला पात्रको सेरोफेरोमै बित्यो । मावली हजुरआमा, आमा र बहिनीहरूका माझ हुर्किएका उनको जीवनमा नारी शक्तिको बलियो प्रभाव छ ।
सजनी खड्का, गोरखा
गत चैतको नारीमा प्रकाशित बहस ‘परिवार नियोजन र त्यसका असर’ सान्दर्भिक छ । वर्तमान व्यस्त जीवनशैलीमा भगवान्को कृपा मानेर जति जन्मिन्छन् त्यति नै सन्तान जन्माइरहनु कुनै पनि दृष्टिले उपयुक्त हुँदैन । यो कुरा नेपाली महिलाहरूले बुझेका छन् । परिवार नियोजनका साधनहरूलाई जन्मान्तरका लागि प्रयोग गर्नुपर्छ र अनिच्छित गर्भधारणबाट जोगिन यस्ता साधन असल मित्र हुन्छन् भन्ने धेरैलाई राम्रोसँग थाहा छ । यद्यपि यस्तो विषयलाई बहसमा ल्याएर नारीले चेतना फैलाउने काम गरेको छ । यसका लागि नारीलाई धेरै–धैरै धन्यवाद ।