५० वर्षमा ‘प्लस टू’
सानैदेखि सुन्दै र गम्दै आएकी छु–जीवनमा कहिले हरेस नखानू, कसैले ढुंगा बर्साउँदा पनि फूल बर्साउनू, बैगुनीलाई गुनले मार्नू, दुःखमा नआत्तिनू, सुखमा नमात्तिनू
नयाँ वर्षको आगमनसँगै सबैको मनमा छुट्टै किसिमको उमङ्ग, जोस एवं जाँगर पैदा हुन्छ । नयाँ वर्षसँगै नयाँ योजना बनाइन्छन् । तीमध्ये कतिपय योजना पूरा हुन्छन् भने कतिपय अधूरै रहन्छन् । नयाँ वर्षमा अन्य नवीन योजनासँगै स्वास्थ्यसम्बन्धी योजना पनि बनाइनु जरुरी छ । अहिले धेरै महिलाले आफ्नो स्वास्थ्यप्रति जागरुक हुँदै नियमित स्वास्थ्य जाँच गराउने गरेका छन् । बालकुमारीकी दीपा श्रेष्ठ एक सन्तानकी आमा हुन् । सिजेरियन अपरेसनबाट शिशु जन्माएकी श्रेष्ठ प्रत्येक वर्ष आफ्नो पाठेघर, स्तन तथा थाइराइड जाँच गराउँछिन् ।
महिलाहरूको यस्तो प्रयासलाई सुखद् सुरुवात मान्न सकिन्छ । नर्भिक इन्टरनेसनल हस्पिटलकी डा. अचला वैद्यका अनुसार अहिले शिक्षा, जनचेतना, ठाउँठाउँमा चलाइने क्याम्प तथा सामुदायिक सेवाले गर्दा पनि महिलाहरू आफ्नो स्वास्थ्यप्रति जागरुक हुन थालेका छन् । महिलाले बाहिरी कामका साथै घर–परिवारको जिम्मेवारी पनि बहन गर्नुपर्ने हुन्छ । दोहोरो भूमिका निर्वाह गर्न बाध्य महिलाले आफ्नो स्वास्थ्यमा ध्यान दिन थालेसँगै रोगले विकराल रूप लिएपछि मात्र उपचार खोज्ने परिपाटीमा समेत परिवर्तन आउन थालेको छ ।
डा. अचला वैद्य, नर्भिक इन्टरनेशनल हस्पिटल
उपत्यकाका मात्र नभएर उपत्यकाबाहिर बुटवल, गोरखा, धरान, विराटनगर, भैरहवा आदि ठाउँबाट पनि नियमित उपचार गराउन आउने महिला प्रशस्तै छन् । महिलाले सानाभन्दा साना रोगलाई पनि बेवास्ता नगरी समय–समयमा चेकअप गराउनु आवश्यक छ । साधारणतया सन्तान जन्माइसकेका तथा नजन्माएका सबै महिलाले वर्षको एकपटक नियमित स्वास्थ्य जाँच गराउनुपर्छ ।
५० वर्षभन्दा कम उमेरका महिला

प्याप स्मेयर टेस्ट : पाठेघरको अवस्था बुझ्न प्याप स्मेयर टेस्ट गराउनुपर्छ । यो परम्परागत विधि हो ।
लिक्विड बेस्ड साइटोलोजी : यो अत्याधुनिक प्रविधि हो ।
भिजुअल इन्सपेक्सन विथ एसिटिक एसिड तथा भिजुअल इन्सपेक्सन विथ लुगोल्स आयोडिन : यो पाठेघरको क्यान्सर जाँच्ने सहज एवं सुलभ विधि हो । यसको प्रयोग हेल्थ क्याम्प वा ग्रामीण भेगमा गर्न सहज हुन्छ ।
कल्पोस्कोपी : माथिका तीनवटा टेस्ट गर्दा समस्या देखिए थप सुनिश्चितताका लागि कल्पोस्कोपी गरिन्छ । यसले योनिद्वारमा क्यान्सरका घातक कोषिकाहरू उत्पादन हुनुपूर्व र ती कोषिकाहरू उत्पादन भएपछि त्यहाँ देखिने परिवर्तनका बारेमा पत्ता लगाउन सहयोग पुर्याउँछ । सामान्यत: वर्षमा एकपटक महिलाले माथिका जाँच गराउनुपर्छ । त्यसबाहेक अन्य समस्या भए उपचारमा लापरबाही गर्नुहुँदैन । नियमित रूपमा स्वास्थ्य जाँचका साथै व्यायाम पनि गर्नुपर्छ ।
म्यामोग्राम : यो ३–४ वर्षमा एकपटक जाँच गराए हुन्छ । परिवारमा स्तनक्यान्सरको हिस्ट्री भएकाहरूले यो जाँच गराउनुपर्छ । ४५ वर्ष उमेर पुगेका महिलाले यो जाँच गराउनु अत्यावश्यक छ ।
अहिले धेरै महिलामा थाइराइड देखापरेको छ । ५० वर्षको उमेरपछि नियमित रूपमा थाइराइड चेकअप गराइरहनुपर्छ किनभने यो उमेरमा थाइराइड फङ्सन हुँदैन । थाइराइड वंशानुगत पनि हुने भएकाले परिवारमा पहिले कसैलाई थाइराइड छ भने ३५ वर्षको उमेरपछि नै थाइराइड चेकअप गराउनु जरुरी भएको डा. दीना बताउँछिन् । यसैगरी परिवारमा कसैलाई मधुमेह भए ३५ वर्षको उमेरपछि वर्षको एकपटक यसको जाँच गराउनु उपयुक्त हुन्छ । मोटोपन भएकाहरूलाई मधुमेह हुने सम्भावना भएकाले समय–समयमा मधुमेह जाँच गराउनुपर्छ । मधुमेह जाँच गराउँदा एचबीएवनसी पनि हेर्नुपर्छ । यसैगरी उच्च रक्तचापका साथै मोटोपन भएकाहरूले समय–समयमा जाँच गराउनुपर्छ । मधुमेह छ भने प्रत्येक ३ देखि ६ महिनामा रक्तचाप जाँच गराउनु आवश्यक हुन्छ ।
सबैका लागि जाँच
अन्त्यमा
आफ्नो खानामा हरियो सागपातको मात्रा बढाउनुपर्छ । ताजा फलफूल, माछा–मासु, पनीर, गेडागुडी आदिलाई खानामा समावेश गर्नुपर्छ । नियमित रूपमा छाला देखिने गरी घाममा बस्दा शरीरमा भिटामिन डीको कमी हुन पाउँदैन । कोल्ड ड्रिंक्स तथा जंकफुड आदिको सेवन हितकर हुँदैन । आफ्नो स्वास्थ्यका बारेमा आफै सजग भएर यो वर्षदेखि नियमित रूपमा स्वास्थ्य जाँच गराउने संकल्प लिनु वेश हुन्छ । यति गर्न सके स्वस्थ जीवन बिताउन सकिन्छ ।