महिला संघर्षको गुन्जन
के देख्दै छु म आज पनि, महिला घरबाट निस्किन हुन्न अरे मान र प्रतिष्ठा घरको उसकै हातमा छ अरे भइरहेको छ बाल विवाह अझै पनि भन्छन् सक्दिन छोरीको बोझ धान्न केही गरी पनि
संचारजगत्मा महिलाको उपस्थिति तुलनात्मक रूपमा बढ्दै गए पनि महिलाका विषय भने अझै प्राथमिकतामा पर्न नसकेको टिप्पणी सरोकारवालाले गरेका छन् । महिलाका आवाज मुखरित गर्दै आएको संस्था आह्वानले गत महिना संचालन गरेको ‘मिडियामा महिला’ विषयक छलफलमा महिलाका विषयले कम प्राथमिकता पाएको सहभागीहरूले स्वीकार गरे ।
ठूला मिडियाका सम्पादक, रिपोर्टर तथा डेस्क सम्पादकसमेत पुरुष नै रहेकाले निर्णय गर्ने स्थानमा महिलाको पहुँच नभएको राष्ट्रिय सूचना आयोगकी सदस्य यशोदा तिम्सिनाले बताइन् । महिला अधिकारकर्मी रीता शाहले महिलामा पनि अझ मधेसी महिलाका समस्या थप ओझेलमा पर्ने गरेको गुनासो गरिन् । ‘तराईको दाइजो प्रथा, घुम्टो प्रथाभन्दा अरू समस्या आएकै छैनन्,’ उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य र गरिबीले त्यहाँका महिलामा पारेको असर कहिले लेख्ने ?’ कार्यक्रमको सहजीकरण गरेकी डा. अर्चना थापाले महिलालाई बढी वस्तुकरण गरिने चलन मिडियाले छाड्न नसकेको बताइन् । महिलाको बौद्धिकताभन्दा पनि उसको अनुहारको सुन्दरतालाई पैसाका रूपमा मिडियाले उपयोग गरिहेको उनको दाबी थियो । महिलाका समस्यामा केन्द्रित बहसमा कृष्ण धरावासी र सञ्जीव उप्रेतीजस्ता पुरुष पनि निम्त्याइएका थिए । धरावासीले महिला आफैं पनि संस्कार, संस्कृति र परम्पराबाट बाहिर निस्कन नसकेको टिप्पणी गरे ।