दुःखमा अविचलित जोडी
प्रेमको पहिलो निशानी रिहानका कारण सञ्जीव न्यौपाने र एकता घिमिरेले ग्रान्डी अस्पतालमै कोठा बुक गरेका थिए । किनभने रिहान ‘एनआइसियु’ मा भर्ना थिए । जन्मिएको ९० दिनभित्र उनको टाउकाका चार वटा ‘मेजर अप्रेसन’ गरिएको थियो ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/Dampati-18122022023010.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/Dampati-18122022023010.jpg&w=1000&height=600)
नयाँ शैक्षिक सत्र प्रारम्भ हुन लागेको छ । कुन शिक्षालयले आफ्नो उद्देश्य पूरा गर्न बढीभन्दा बढी सहयोग गर्लान् भनी विद्यार्थी एवं अभिभावकहरू उपयुक्त विद्यालयको खोजीमा लाग्ने बेला पनि यही हो । शिक्षा प्रदान गर्ने उद्देश्यले खुलेका सबै शिक्षण संस्थाका आ–आफ्नै विशेषता हुन्छन् । वास्तवमा शिक्षाको उद्देश्य जीवनका लागि आवश्यक ज्ञान, सीप एवं संस्कार आर्जन गर्नु हो । शिक्षाले व्यक्तिको नागरिक दायित्व निर्वाह गर्नसक्ने चेतना, दृष्टिकोण एवं क्षमता विकास गर्नुपर्छ । त्यस्तै चरित्र अर्थात् शील, स्वभाव एवं सीप जसबाट मानिसले आफ्नो सामाजिक आचार एवं व्यवहार व्यवस्थित गर्न सक्छ त्यो शिक्षाबाटै आर्जन हुन्छ ।
कुनै व्यक्ति शिक्षित हुनुको अर्थ उसले जीवनका लागि आवश्यक पर्ने ज्ञान एवं व्यावहारिक सीप हासिल गरेछ भन्नु हो । त्यसैले शिक्षाले मानिसको जीवनका लागि आवश्यक व्यावहारिक सीप एवं चेतना विकास गराउन सक्नुपर्छ । सही जानकारी, सूचना प्रशोधन एवं विश्लेषण गर्न सिकाउने ज्ञानमुखी शिक्षाका साथै सीपको विकास, उपयोग र सिर्जना गर्नसक्ने जीवनोपयोगी एवं सीपमुखी शिक्षा नै वर्तमानको आवश्यकता हो ।