अहिलेको आर्थिक मन्दीले जताततै असर
महिलाले घरपरिवार, समाज र व्यावसाय दुवै हेर्नुपर्ने र सन्तुलनमा राख्नुपर्ने भएकाले सहज छैन तर यसका बावजुद पनि अवसर नभएका होइनन् । आत्मनिर्भर हुन, एक्सपोजर पाउन, विदेशी संस्कृतिबारे थाहा पाउन यसले सघाएको पनि छ ।

नेपालको विविध कला संस्कृतिबारे जानकारी गराउँदै प्रतियोगीको व्यक्तित्व विकास सँगै प्रतिभा प्रस्तुति र कला संस्कृतिको संरक्षणमा प्रेरित गर्ने उद्देश्य सहित वी बिलिभ इन युनिटी अर्थात् हामी एकतामा विश्वास गर्छौं भन्ने नाराका साथमा ‘मिस नेपाल कल्चर’ प्रतियोगिताको तेस्रो संस्करणको तयारी आरम्भ भएको छ । नेपालको बहुभाषिक, बहुजातिय, बहुसांस्कृतिक चिनारीलाई सुन्दरता, बौद्धिकता, प्रतिभा र साास्कृतिक सचेतनाको प्रतियोगितात्मक मंच मार्फत् प्रवद्र्धन गर्ने हेतुले आयोजना हुन लागेको यो प्रतियोगितालाई युहान इन्टरनेसनल इभेन्ट्सले संचालन गर्दैछ । प्रतियोगिता सांस्कृतिक संस्थान नाचघरको सहकार्यमा संचालन हुन लागेको हो ।
प्रतियोगितामा सहभागि हुन इच्छुक युवतीहरु नेपाली नागरिक भई १६ देखि २६ वर्ष उमेर समूह भित्रको हुनुपर्ने, कम्तीमा एसएलसी शैक्षिक योग्यता भएका कम्ती पाँच फिटऊचाई भएकाले यो प्रतियोगितामा आफूलाई उभ्याउन सक्ने छन् । आयोजक पक्षका अनुसार प्रतियोगिताको प्रशिक्षण अवधिमा नेपालको सांस्कृतिक पक्षका बारेका जानकारी मूलक कक्षाहरु, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, संचार र संवादकलाको विकास, नेतृत्वदायी क्षमताको विकास, मंच प्रस्तुतिकरण लगायत अन्य उपयोगि तालिमहरु प्राप्त गर्नेछन् ।