दरबारिया पुस्तकालयले जुराएको जोडी
रूपालाई भेट गराउनुअघि नै सचेत गराइएको थियो–यदि केटाले हात समात्यो भने, फिजिकल टच गर्न खोज्यो भने, किस खान खोज्यो भने तत्काल रिजेक्ट गर्नू । तर त्यो सब केही भएन ।
छैटौं कपिलवस्तु डान्स आइडलको उपाधि १० वर्षीया सृष्टि पाण्डेले हात पारेकी छिन् । आठौं कपिलवस्तु महोत्सवमा सञ्चालित आइडलमा १७ जनालाई पछाडि पार्दै पाण्डे विजेता भएकी हुन् । वाणगंगा नगरपालिका–१५ चप्परकी सृष्टि वाणगंगा नगरपालिकास्थित युनाइटेड स्टुडेन्टस एकेडमीमा कक्षा ५ मा अध्ययनरत छिन् । त्यसैगरी यो प्रतियोगितामा युना कार्की उपविजेता घोषित भइन् ।
विभिन्न चरणका प्रतिस्पर्धा र भोटिङका आधारमा विजेता घोषणा गरिएको डान्स आइडल संयोजक राजेन्द्र गिरीले बताए । महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको मुख्य आकर्षण रहेको डान्स आइडलमा ८० जना प्रतियोगी सहभागी थिए । उनीहरूमध्येबाट अन्तिम चरणका लागि १७ जना छानिएका थिए । ती १७ जनामध्ये ५ जना अन्तिम भोटिङको चरणमा पुगेका थिए । आठौं कपिलवस्तु महोत्सव मंसिर २२ देखि पुस ३ गतेसम्म बुद्ध रंगशालामा सञ्चालन भएको थियो ।