रंगमञ्चमा समाज रूपान्तरणको सपना
मानव समाज हिजो, आज र भोलि गर्दै समयको गति र लयमा दौडिरहेको छ । समय र पुस्ता फेरिए, र पनि हिजोको समयमा चलेका अनगिन्ती कुरीति, जातीय तथा लैङ्गिक विभेद र अन्धविश्वासले जेलिएका परम्पराहरू आजको समाजमा यथावतै छन् ।

छैटौं कपिलवस्तु डान्स आइडलको उपाधि १० वर्षीया सृष्टि पाण्डेले हात पारेकी छिन् । आठौं कपिलवस्तु महोत्सवमा सञ्चालित आइडलमा १७ जनालाई पछाडि पार्दै पाण्डे विजेता भएकी हुन् । वाणगंगा नगरपालिका–१५ चप्परकी सृष्टि वाणगंगा नगरपालिकास्थित युनाइटेड स्टुडेन्टस एकेडमीमा कक्षा ५ मा अध्ययनरत छिन् । त्यसैगरी यो प्रतियोगितामा युना कार्की उपविजेता घोषित भइन् ।
विभिन्न चरणका प्रतिस्पर्धा र भोटिङका आधारमा विजेता घोषणा गरिएको डान्स आइडल संयोजक राजेन्द्र गिरीले बताए । महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको मुख्य आकर्षण रहेको डान्स आइडलमा ८० जना प्रतियोगी सहभागी थिए । उनीहरूमध्येबाट अन्तिम चरणका लागि १७ जना छानिएका थिए । ती १७ जनामध्ये ५ जना अन्तिम भोटिङको चरणमा पुगेका थिए । आठौं कपिलवस्तु महोत्सव मंसिर २२ देखि पुस ३ गतेसम्म बुद्ध रंगशालामा सञ्चालन भएको थियो ।