विषाक्त खाद्यले घरपालुवालाई समस्या
चकलेटमा ‘थियोब्रामाइन’ नामक पदार्थ हुन्छ, जुन कुकुरले मानिसले जस्तै सजिलै मेटोबोलाइज गर्न सक्दैनन् । यसले कुकुरको मुटु, रक्तनली, फोक्सो र केन्द्रीय प्रणालीलाई नै असर गर्छ र छारे रोगको जस्तो लक्षण देखाउँछ ।

१. वर्क आउट गर्नुहुन्छ....
(क) दैनिक रूपमा,
(ख) सातामा तीन दिन,
(ग) नियमित रूपमा गर्नुहुन्न ।
२. कतै घुम्न जाँदा तपाईं सबैभन्दा बढी के इन्जोय गर्नुहुन्छ ?
(क) त्यहाँको खाना,
(ख) साइट सिन,
(ग) पैदल यात्रा ।
३. लन्च टाइममा रुचाउनुहुन्छ.....
(क) साथीभाइसित कुराकानी गर्न,
(ख) पढ्न,
(ग) गार्डेन वाक ।
४. वाकमा जानु....
(क) बानीमा समावेश छ,
(ख) आवश्यक छ, त्यसैले जानुहुन्छ,
(ग) यो तपाईंको रुचि हो ।
५. घरको सम्पूर्ण काम गर्नुपर्यो भने....
(क) जति आवश्यक छ त्यति गर्नुहुन्छ,
(ख) जति सोच्नुहुन्छ त्यति गर्न सक्नुहुन्न
(ग) म्युजिक बजाएर सम्पूर्ण काम सक्नुहुन्छ ।
६. पार्टीहरूमा तपार्इं....
(क) सफ्ट ड्रिंक्सका साथ साथीभाइसित कुराकानी गर्न रुचाउनुहुन्छ,
(ख) मज्जाले नाच्नुहुन्छ,
(ग) पार्टी आयोजकसित मिलेर पाहुनाको ख्याल राख्नुहुन्छ ।
७. आफूलाई मनपर्ने खाना खाएपछि....
(क) वाकका लागि निस्कनुहुन्छ,
(ख) घरको कुनै काम गर्नुहुन्छ,
(ग) आनन्दपूर्वक सुत्नुहुन्छ ।
८. गाउँमै स्वास्थ्य शिविर सञ्चालन भएको अवस्थामा......
(क) त्यहाँ जानुहुन्छ,
(ख) समय पाउनुभयो भने जानुहुन्छ,
(ग) बढी रुचि देखाउनुहुन्न ।
९. कार्बोहाइड्रेट, फाइबर्स, भिटामिन, प्रोटिन आदि खानेकुरामा ध्यान दिनुहुन्छ ...
(क) कहिलेकाहीँ,
(ख) दैनिक रूपमा,
(ग) धेरैजसो ।
१०. बजारमा उपलब्ध प्याकेटका सामग्री खरिद गर्दा कत्तिको ध्यान दिनुहुन्छ .........
(क) कहिलेकाहीँ,
(ख) सधैं,
(ग) धेरैजसो ।
स्कोर :
१. ५०–३७ : तपाईं स्वास्थ्यप्रति सजग हुनुहुन्छ । आफ्नो मात्र होइन घरका अन्य सदस्यहरूको स्वास्थ्यको पनि ख्याल गर्नुहुन्छ ।
२. ३६–१७ : स्वास्थ्यप्रति सजग त हुनुहुन्छ तर त्यसका लागि अतिरिक्त प्रयास गर्न रचाउनुहुन्न । यदि तपाईं अलि बढी सचेत हुने हो भने स्वास्थ्य राम्रो हुन्छ ।
३. १६–१० : तपाईं स्वास्थ्यका सम्बन्धमा खासै सजग हुनुहुन्न । यो तपाईं र तपाईंको परिवारका लागि राम्रो कुरा होइन । स्वास्थ्यप्रति सजग रहनुपर्छ । स्वस्थ शरीरबाटै सुख प्राप्त हुन्छ ।
स्कोर क ख ग
१ ५ ३ १
२ १ ३ ५
३ १ ३ ५
४ ३ १ ५
५ ३ १ ५
६ १ ५ ३
७ ५ ३ १
८ ५ ३ १
९ १ ५ ३
१० १ ५ ३