मिटरब्याजीको दुःख
मिटरब्याजी साहूबाट उन्मुक्ति पाउनुपर्ने भन्दै पूर्वको झापा र पश्चिम कञ्चनपुरदेखि पैदल हिँडेर २३औं दिन उपत्यका प्रवेश गरेका मिटर ब्याज पीडितहरूको न्याय मार्च ४२ औं दिन पुग्दासम्म पनि जारी छ । अधिकांश पीडित महिला छन् ।
सय वर्ष पहिलेको पुस्ताको कथा प्रस्तुत गरिएको चलचित्र पुरानो पुस्ता मंसिरको पहिलो हप्ता प्रदर्शनमा आउने भएको छ । फ्लोरिना फिल्मस्ले तयार पारेको यो चलचित्रलाई दीप सागरले निर्देशन गरेका हुन् । रोल्पा तथा प्यूठानमा छायांकन गरिएको यो चलचित्रमा शेरबहादुर गुरुङ, विराज विष्ट, अनीष मगर, देव नेपाल, सृष्टि, मेनुका आदि कलाकारको अभिनय छ ।
चलचित्रमा पहिले मानिसहरूले दैनिक गुजाराका लागि गरेको संघर्ष चित्रण गरिएको छ । यो चलचित्रमा त्यतिबेला नुन–तेलका लागि कति दु:ख गर्नुपथ्र्याे भन्ने कुरालाई समेत देखाइएको छ । वर्तमान प्राविधिक युगको पुस्तालाई आफ्ना पुर्खा तथा अग्रजका दु:ख एवं जीवनस्तर बुझाउने प्रयास यो चलचित्रले गरेको बताइन्छ ।