सशक्त तोसिमा
संसदीय निर्वाचन–०७९ मा एउटा चर्चित नाम हो–डा. तोसिमा कार्की । ललितपुर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट उनी ३१ हजार १३६ मत ल्याई विजय भएकी हुन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्यापकबाट राजीनामा दिई उनी राजनीतिमा आएकी हुन् ।
पूर्वेली गायीका सुनिता कट्वालले यस बर्ष पनि तीज गीतको म्यूजिक भिडियो बजारमा ल्याएकी छिन् । इटहरीलाई कर्मथलो बनाउदै गायीका सुनिताले यो बर्षको तीजलाई लक्षित गरी आफनै शब्द र स्वरमा ‘उमेर पुग्यो बैशा चढ्यो कति बसौ माईत यो साल त शिवजी जुराईदेउन साईत’ बोलको तीज गीतको म्यूजीक भिडियो हालै बजारमा ल्याएकी हुन् । बलराम समालको संगीत रहेको उक्त तीज गीत लोक भाकामा भएको गायीका कट्वालले बताइन् ।

गत बर्ष देखी तीजका गीतमा बजारमा ल्याउन थालेमी गायीकाले गत बर्षका गीत मनपराउने दर्शक र श्रोताको चाहाना अनुसार यस बर्ष पनि तीज गीत बजारमा ल्याएको बताइन् । न्यू बज्जु क्रिएसनको छायाकंन र सम्पादनमा बजारमा आएको भिडियोमा सबिता परियारले कोरीयोग्राफी गरेकी छिन् । उक्त गीत इटहरीको पाथिभरा रेकडिङ स्टुडियोमा रेकर्ड गरीएको हो ।
पप आधुनिक बिधाका गीत गाउने गायीका कट्वाल एकै ब्यक्तिले मेहनत गर्दा सबै किसिमका गीत गाउन सकिन्छ भन्ने प्रमाणीत गर्न यस बर्ष लोक गीतमा बल गरेको बताउँछिन् ।