निर्वाचनमा महिला उपेक्षित
मुलुक चुनावमा होमिएको छ । यसैक्रममा प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा उम्मेदवारको मनोनयम प्रक्रिया सकिएको छ । मनोनयमा प्रत्यक्ष निर्वाचनतर्फ महिलाको प्रतिनिधित्व संख्या न्यून छ ।

अहिले केमा व्यस्त हुनुहुन्छ ?
म आफूले डेब्यु गर्न लागेको चलचित्र ‘बिजुली मसिन’ को प्रचार–प्रसारमा लागेकी छु । यो नेपालको पहिलो साइन्स फिक्सन फिल्म भएकाले पनि सबैलाई यसको जानकारी गराउनु आवश्यक छ ।
कत्तिको लागेको छ ?
सानैदेखि तीजको रौनकले खासै छोएन । म नेवार परिवारमा हुर्किएँ तसर्थ परिवारमा तीज मनाउने चलन छैन । तैपनि तीजको वातावरणले मेरो उत्साहमा केही वृद्धि हुन्छ ।
त्यसो भए व्रत बस्नुहुन्न ?
अरू बेला पनि म व्रतमा खासै चासो दिन्न, तीजमा पनि कहिल्यै व्रत बस्ने मोह जागेन ।
तीज मनाउने शैली कस्तो लाग्छ ?
तडकभडक बढ्दैछ भनेको सुनिन्छ, तर पनि महिलाहरूले उत्साहित भएर तीज मनाएको देख्दा खुसी लाग्छ । यद्यपि निराहार व्रत बसेकाले मन्दिरमा बेहोस भएर ढलेको खबर सुन्दा दु:ख लाग्छ । किन नेपाली महिलाहरूले व्रत बस्दा श्रीमान्को दीर्घायु हुन्छ भन्ने कुरामा विश्वास गरेर आफूलाई समस्यामा पारेका होलान् र उनीहरूको अवस्था कति नाजुक छ भन्ने विचार मनमा आउँछ ।