काठमाडौंमा ‘आर्टसियन फेस्टिबल’
उद्यमी र स्टार्टटप व्यवसायीहरूलाई बजारीकरण तथा मार्केटिङका लागि सहजीकरण गर्न र नेपाली उत्पादन प्रयोगका लागि सचेतना फैलाउने उद्देश्यले काठमाडौंमा ‘आर्टसियन फेस्टिबल–२०२२’ सम्पन्न भयो ।

पूर्वकी चर्चित संचारकर्मी एवं गायिका चन्दा खड्काले आउदै गरेको नारीहरूको महान् चाड हरितालिका तीजलाई लक्षित गरी नयाँ तीज गीत बजारमा ल्याएकी छिन् । 'माइती घर भाग - २' नामक एल्बममार्फत उनले ‘बाबाको आँगनमा छमछमी नाचिन्छ’ बोलको गीत भिडियोसहित बजारमा ल्याएकी छिन् । आफ्नै शब्द र लयमा संकलनमा खड्काले आफ्नै स्वरमा तीजका लागि भनेर २ वटा गीत पस्केकी हुन् । गीतको संयोजन विनोद पराजुलीले गरेका छन् भने 'बाबाको आँगनमा नाचिन्छ' बोलमा तीज भाकाको म्युजिक भिडियोको निर्देशन प्रकाश सुब्बाको छ । यसैगरी भिडियो सम्पादन निसान घिमिरेले गरेका छन् ।
भिडियोमा विराट कला डान्स सेन्टरका कलाकार र चन्दा स्वयंको अभिनय रहेको छ । पूर्वाञ्चलमा विभिन्न समयमा हुने महोत्सव तथा सांगीतिक कार्यक्रममा उद्घोषण गरेर चर्चामा आएकी खड्काले गतवर्षको माइती घर एल्बमको सफलतापछि माइती घर २ बनाउन हौसला मिलेको बताएकी छिन् । ‘बाबाको आागनमा छमछमी नाचिन्छ र यो तीजमा, बोलका गीतहरूले यतिबेला नेपालको पूर्वी बजारमा चर्चा कमाइरहेका छन् । अन्तत: के तपाईं तीज भाकाको विधामा मात्र सीमित हुने हो भन्ने नारी अनलाइनका लागि सोधेको प्रश्नमा उनी भन्छिन्, ‘अब श्रोताको च्वाइसअनुसार गीत गााउछु । अब चाँडै नै आधुनिक गीतको अर्को सांगीतिक एल्बम बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । अब म सांगीतिक दुनियाँ भन्दा पर रहनै सक्दिन ।’
भिडियो: