श्रमिक मेलोनी बनिन् शक्तिशाली
इटालीमा पछिल्लो निर्वाचनमा चरम–दक्षिणपन्थी दलहरूको गठबन्धनले आश्चर्यजनक विजय हासिल गरेपछि त्यहाँकी ४५ वर्षीया महिला नेतृ जोर्जिया मेलोनी चर्चाको शिखरमा छिन् ।
मिस नेपाल २०१० मा भाग लिँदा अनिता आचार्यका लागि यो क्षेत्र बिल्कुलै नौलो थियो । त्यसमा उनले मिस ब्युटिफुल स्माइलको उपाधि जितेकी थिइन् । त्यसपछि उनमा मोडलिङ मोह बढ्दै गयो । र्याम्प मोडलिङ एवं विज्ञापनहरूमा छाएकी अनिता रिद्धिसिद्धि ज्वेलरीको ब्रान्ड एम्बेसडर हुँदै २०१३ मा पहिलो पटक सम्पन्न जोय पपैया सन ग्ल्यामहन्टको विजेता, पब्लिक च्वाइस तथा मिस ब्युटिफुल स्माइलको उपाधि जित्दै चलचित्र ‘सरी ल’ मार्फत नायिकाका रूपमा देखा परिन् । ‘सरी ल’ पछि थुप्रै चलचित्रबाट अफर आए पनि ‘अलबिदा’ पछि उनी चलचित्रमा देखा परेकी छैनन् । अहिले उनी सिद्धकाली सेभिङ एण्ड क्रेडिट कोअपरेटिभमा प्रबन्ध निर्देशकका रूपमा कार्यरत छिन् । अनिता अहिले समय र कामलाई मिलाएर राम्रो अफर आए मात्र चलचित्रमा देखिने बताउँछिन् । सबैसँग सजिलै घुलमिल हुन सक्ने अनितामा नयाँ–नयाँ काम गर्ने चाहना छ । साधारण रूपमा हिँड्न रुचाउने अनितालाई मीठो पकाउने, सरसफाइ गर्ने एवं नयाँ–नयाँ ठाउँ घुम्ने कुरामा रुचि छ ।
प्रस्तुति : सिर्जना दुवाल श्रेष्ठ
तस्बिर : महेश प्रधान
पहिरन : रुना मानन्धर, इनोभ एट, नागपोखरी तथा कुपन्डोल
मेकअप : ओसा मुल्मी श्रेष्ठ, गर्लज् ब्युटिपार्लर, खिचापोखरी
हेयर स्टाइल : ओनिशा मुल्मी श्रेष्ठ, गर्लज् ब्युटिपार्लर, खिचापोखरी, न्यूरोड
लोकेसन : होटल वेभ, झम्सिखेल, ललितपुर