प्रमिलाको ‘ब्युटी विथ नेचर’
विभिन्न चराचुरुङ्गीका सुन्दर आकृति क्यान्भासमा उतार्ने प्रमिला राजकर्णिकार यथार्थवादी धारलाई पछ्याउने कलाकार हुन् । उनका सुन्दर कलाकृति प्रकृति र स्वतन्त्रतामा बढी केन्द्रित रहन्छन् ।

बदिलिँदो जीवनशैलीसँगै आइरन फर्निचरको माग पनि निरन्तर बढिरहेको छ । आइरन फर्निचरमा फलाम, स्टेनलेस स्टिल, एल्मुनियम आदि प्रयोग गरिन्छ । आइरन फर्निचर विशेष गरी आउटडोर तथा अफिसका लागि उपयुक्त हुन्छ । काठका फर्निचरको खुट्टाका रूपमा पनि आइरन प्रयोग गरिन्छ । पानी, कीरा तथा अरू प्राकृतिक विपत्तिले कुनै असर नपार्ने भएकाले आइरनका फर्निचर ग्राहकहरूले बढी रुचाएका हुन् । खिया लाग्नु तथा गर्हौं हुनु भने यसको कमजोर पक्ष हो । स्टेनलेस स्टिल अहिले निकै चलनमा छ । यसलाई राम्रा तथा महँगा फर्निचरमा प्रयोग गरिन्छ । यसको चमकले फर्निचर निकै शोभायमान देखिन्छ । एल्मुनियमलाई विशेषगरी अफिसमा प्रयोग गरिन्छ । यो निकै बलियो हुन्छ । कीरा तथा खियाले एल्मुनियमलाई छुँदैन । आउट डोरमा लोकप्रिय भए पनि यसलाई इनडोर पनि प्रयोग गरिन्छ । आइरनका खाट, सोफा तथा डाइनिङलाई घरभित्र प्रयोग गरिन्छ । २० आंै शताब्दीदेखि आइरन फर्निचरको चलन आएको हो । आइरन फर्निचरको विशेषता भनेको यो निकै बलियो हुनु हो । यसलाई धेरै वर्षसम्म प्रयोग गर्न सकिन्छ । अहिले आइरनलाई बेत तथा आकर्षक फेब्रिकमा संयोजन गरी तयार गरिन्छ । अहिले आइरन फर्निचर बगैंचामा बढी प्रयोग गरिन्छ ।