‘म मरें भने’
म मरें भने, मेरा चिसा भएका पैतालालाई , चिसै माटोमा धस्काइदिनू म बाँच्दा तिनै माटोमा, तिनै पैतालाले संसार डुलेकी थिएँ

मेष
धार्मिक कार्यमा संलग्नता बढ्नेछ । कुुनै कामले यात्रा गर्ने अवसर जुट्नेछ । अपेक्षाअनुुरूप सफलता प्राप्त हुनेछ । श्रीमान्बाट आकस्मिक उपहार प्राप्त होला । दाम्पत्य जीवन सुुखमय रहनेछ । एक–अर्काको इच्छा र भावना बुुझी कार्य गर्न सके सम्बन्धमा प्रगाढता छाउनेछ । नवविवाहिताहरूले विभिन्न कुुरामा सजग रहनुुपर्नेछ । अविवाहितहरूको विवाहलाई लिएर परिवारमा वैचारिक मतभेद देखापर्नसक्छ ।
वृष
सबै कार्य व्यवस्थित रूपले सम्पन्न हुुनेछन् । व्यावसायिक दृष्टिले महिनाको उत्तराद्र्ध फलदायी रहनेछ । विभिन्न कुुराको लाभ हुुनुुका साथै उपहार प्राप्त हुने योग पनि छ । अविवाहितहरूका लागि विवाहको योग छ । मनमा भएको चिन्ता हट्नुुका साथै समस्याहरू समाधान हुुनेछन् । कुुनै विशेष कार्यमा सफलता हात पर्नेछ । आफ्नो व्यक्तिगत विकासका लागि कुुनै नयाँ काम गर्ने अवसर जुट्न सक्छ ।
मिथुन
महिनाको पूूर्वाद्र्ध अनुुकूूल रहनेछ । अपेक्षाअनुुरूप प्रतिफल प्राप्त होला । व्यक्तिगत कार्यमा पनि सफलता मिल्नेछ । सन्तान सुुख मिल्नुुका साथै आर्थिक लाभ पनि हुुनेछ । विभिन्न कुुराबाट फाइदा लिन सकिनेछ । उत्तराद्र्धपछिको समयमा भने काममा व्यवधान देखापर्नसक्छ । राम्रो काम गर्दागर्दै पनि अनपेक्षित रूपले भनाइ खानुुपर्ने हुुनसक्छ । रिसलाई वशमा राखी धैर्यका साथ काम गरे अप्ठ्यारो काम पनि पार लगाउन सकिनेछ ।
कर्कट
कामको परिणाम के होला भनेर मनमा खुुलदुुली उत्पन्न हुुनसक्छ । दाम्पत्य जीवनमा विवाद हुुनेछ । छोराछोरीबाट सुुख एवं सन्तोष मिल्नेछ । विभिन्न कुुराबाट लाभ लिन सकिनेछ । वैवाहिक कार्यमा सामेल हुुने अवसर जुट्नेछ । आफ्नो एवं परिवारको स्वास्थ्यमा ध्यान दिनुुपर्नेछ । कुुनै कुुराले रोकिएका काम सुुचारु हुनेछन् । आकस्मिक उपहार प्राप्त हुने योग छ । आर्थिक एवं व्यावसायिक दुुवै क्षेत्र सफल रहनेछन् ।
सिंह
यात्रा हुुने सम्भावना छ । पेट दुुख्ने समस्या देखापर्ने भएकाले खानपिन एवं स्वास्थ्यमा ध्यान दिनुुहोला । दाम्पत्य जीवनमा माया, सहयोग एवं सद्भाव कायम रहनेछ । कसैकसैको विवाह हुुने योग छ भने कसैको प्रेम सम्बन्धले मूूर्तरूप लिने योग छ । आफ्नो इच्छानुुसार कार्य सम्पन्न हुँदा हर्ष बढ्नेछ । महिनाको उत्तराद्र्धमा वादविवाद हुुनसक्छ । कुुनै–कुुनै कार्यमा भने अपेक्षाअनुुरूप प्रतिफल नमिल्नसक्छ ।
कन्या
योजनानुुुसार काममा सफलता मिल्दै जानेछ । न्यायिक एवं प्रतिस्पर्धात्मक कार्यमा सफलता हात लाग्नेछ । प्रतिद्वन्द्वीहरू आफै पन्छिदै जानेछन् । इष्टमित्र एवं मित्रवर्गसित भेटघाटको अवसर जुट्नेछ । स्वास्थ्यस्थिति राम्रो रहनुुका साथै काम गर्ने जाँगर पनि बढ्नेछ । आकस्मिक उपहार प्राप्त गर्ने योग छ । आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने अवसर जुट्नेछ । सुुमधुुर दाम्पत्य जीवन यापन गर्ने मौका मिल्नेछ । भोजभतेरमा सहभागी भइएला ।
तुला
विभिन्न खालका व्यक्तित्वसित भेटघाटको अवसर जुट्नेछ । परिवार एवं इष्टमित्रमा कसैको विवाह हुुनेछ भने कसैलाई सन्तान लाभ हुुनसक्छ । आर्थिक लाभ हुुुनुका साथै आकस्मिक उपहार प्राप्त हुनसक्छ । प्रतिद्वन्द्वीले अनाहकमा दुु:ख दिने प्रयास गर्नसक्छन् । कसैसँग आफ्नो मनपेट नखोल्नुुहोला । आकस्मिक स्वास्थ्य समस्या देखापर्नसक्छ । अनायास रिस उठ्नसक्छ । हतारमा कुुनै पनि कार्य नगर्नुुहोला ।
वृश्चिक
वैवाहिक कार्यमा सामेल हुुनुुपर्नेछ । पारिवारिक सुुख–समृद्धि वृद्धि हुनेछ । आकस्मिक उपहार प्राप्त हुुनसक्छ । विभिन्न कुुराको लाभ हुुनेछ । अरूले आफ्नो इच्छानुुसार कार्य गर्ने प्रयत्न गर्नेछन् । कुुनै नयाँ ठाउँ घुुम्ने अवसर जुट्नसक्छ । व्यावहारिक कार्य गर्दा समस्या आइलाग्नसक्छ । दाम्पत्य जीवनमा खटपट पर्नसक्छ । सकेसम्म धैर्य धारण गर्दै शान्त रहने प्रयास गर्नुुहोला ।
धनु
जाँगर बढ्नुुका साथै शरीर पनि स्वस्थ रहनेछ । मुुद्दा–मामिलासम्बन्धी काममा सफल भइनेछ । मनमा भएको बोझ हटेर जानेछ । दाम्पत्य जीवन सुुखमय रहनेछ । आर्थिक पक्ष सुुदृढ हुुनुका साथै व्यावसायिक क्षेत्र पनि सफल रहनेछ । छोराछोरीबाट पनि अपेक्षित सुुख एवं सन्तोष मिल्नेछ । प्रेम सम्बन्ध व्यक्त गर्ने अवसर जुर्नेछ । पारिवारिक खुुसीका निम्ति केही खर्च हुुनसक्छ । अपेक्षाअनुुरूप काम गर्न पाउँदा मन प्रसन्न रहनेछ ।
मकर
व्यक्तिगत काममा सफलता पाइनेछ । आफ्नो प्रेम अभिव्यक्त गर्ने अवसर जुट्नेछ । आकस्मिक उपहार प्राप्त हुनेछ । दाम्पत्य जीवन सुुखमय रहनेछ । एक–अर्काको आवश्यकतालाई राम्रोसँग बुुझ्ने प्रयास गर्नुहोला । पारिवारिक सुुख मिल्नुुका साथै विभिन्न कुुराको लाभ हुुनेछ । काम गर्दा अपजस मिल्ने योग छ । अपरिचित व्यक्तिसित व्यवहार गर्दा सजग रहनुुहोला । अनावश्यक खर्च हुुने तथा मालसामान हराउनसक्ने देखिन्छ । टाउको एवं आँखा दुुख्ने योग छ ।
कुम्भ
कामविशेषले यात्रा हुुनसक्छ । पेट एवं मुुटुुका बिरामीहरूले आफ्नो खानपानको राम्रो ख्याल गर्नुुहोला । विभिन्न कुुराको जिम्मेवारी निर्वाह गर्नुुपर्ला । थोरै समयमा धेरै काम गर्नुुपर्दा भ्याइनभ्याइ हुुनसक्छ । सहयोगी हातहरू पछि हट्नसक्छन् । काम गर्दा अपजस, बाधा, विवादजस्ता कुुराको सामना गर्नुुपर्ला । आफ्नो कार्यक्षेत्रमा सक्रिय रहने प्रयास गर्नुुका साथै अनावश्यक झमेलाबाट टाढै रहनुु बुद्धिमानी हुन्छ । मीन
व्यक्तिगत काममा सफलता मिल्नेछ । आर्थिक पक्ष सुुदृढ रहनेछ । साथीभाइहरूसँग भेटघाट गर्ने अवसर जुुट्नेछ । पारिवारिक सुुख पनि प्राप्त होला । आकस्मिक उपहार प्राप्त हुने योग छ । आफ्नो इच्छानुुसार काम गर्ने एवं घुुमफिर गर्ने अवसर जुट्नेछ । रमाइलो कार्यतर्फ मन अग्रसर रहनेछ । प्रतिस्पर्धीले रिस गर्ने तथा दुु:ख दिने प्रयास गर्नसक्छन् । एक–अर्काको आवश्यकता राम्रोसँग बुुझी काम गर्ने प्रयास गरे दाम्पत्य जीवनको विवादबाट जोगिन सकिन्छ ।