‘शिल्पाञ्जलि’ प्रदर्शन
काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा हालै सपना खरेलको ‘शिल्पाञ्जलि’ कला प्रदर्शनी भयो । प्रदर्शनीमा उनले जापानी शैलीअनुसार पुष्प सजावट गर्ने कला प्रस्तुत गरिन् । प्रदर्शनीमा‘ओसिबाना’ र ‘चिगिरी–ई’ अन्तर्गतका कला राखिएको थियो ।
राजनीतिलाई नै मेरुदण्ड बनाइ जीवनका सबै पल राजनीतिमा बिताएका पूर्व प्रधानमंत्री सुशील कोइरालाको असमायिक निधनले मुलुकको राजनीतिमा नै ठूलो क्ष्यति पुगेको छ । नेपालको नयाँ संविधान २०७२ जारी गरी नेपालको इतिहासमा अतुलनिय योगदान पुर्याएका कोइरालको पार्थिव शरीरलाई आज दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र भोली राजकीय सम्मानस्वरुप अन्त्येष्टी गरिने नेपाल सरकारले निर्णय गरेको छ । यसैगरी, कोइरालाको निधनको शोकमा भोली सार्वजनिक विदा दिने र भोली २७ गतेदेखी २९ गतेसम्म देशभरका सरकारी कार्यलयहरु र स्वदेश तथा विदेशका कुटनीतिक नियोगका कार्यलयहरुमा राष्ट्रिय झण्डा आधा झुकाउँने मन्त्रिपरिषद बैठकले निर्णय समेत गरेको छ । अन्तत:कोइरालको मृत आत्माले शान्ती पाओस हार्दिक श्रद्धाञ्जली ।