आदर्श प्रेमको नमुना जोडी
प्रेम र विवाहका भिन्नताबारे दुवैले एकसाथ भने, ‘प्रेम सम्मानित र आदर्श छ, प्रेम हुँदैमा विवाह हुनैपर्छ भन्ने छैन । प्रेम आदर्श हो भने विवाह संस्कारगत संस्था ।

नेपालमा हाल सिमेन्ट, गिटी–बालुवा तथा रड प्रयोग गरेर घर निर्माण गर्ने चलन छ । यी सामग्रीहरूको राम्रो संयोजन हुन नसक्दा भूकम्पले असर पुर्याउँछ । गुणस्तरयुक्त निर्माण सामग्रीको पहिचान गर्न नसक्दा र जथाभावी सामग्री प्रयोग गर्दा निर्माण भएका घरहरू भूकम्पप्रतिरोधी हुन सक्दैनन् । सफा, दानेदार, खस्रो तथा थोरै मात्र चिसोपन भएको बालुवा, खिया नलागेको, एकनास मोटाइ र कतै चिरा नपरेको डन्डी, तीन महिना ननाघेको, हावा नछिर्ने बोरामा प्याक भएको, नजमेको र डल्ला नपरेको सिमेन्टका साथै राम्रोसँग पाकेको, एकनास रातो रंगको, एकनासको आकार, फलामको जस्तो आवाज आउने इँटा गुणस्तरीय मानिन्छन् । रोडा पनि कडा, सफा तथा आकार मिलेको एवं माटो तथा पातपतिङ्गर नमिसिएको हुनुपर्छ । त्यसको साइजअनुसारको ढलानले घरलाई भूकम्पबाट जोगाउन सक्छ ।