Successfully Copied

बेतका फर्निचर खरिद गर्दा

बेतका फर्निचर खरिद गर्दा निकै ध्यान पुर्‍याउनुपर्छ । कतै भाँच्चिएको छ भने त्यही ठाउँबाट फर्निचर टुक्रिन्छ । काठजस्तो बलियो नभएकाले यसलाई मर्मत गर्न निकै गार्‍हो हुन्छ ।

बेतका फर्निचर खरिद गर्दा निकै ध्यान पुर्‍याउनुपर्छ । कतै भाँच्चिएको छ भने त्यही ठाउँबाट फर्निचर टुक्रिन्छ । काठजस्तो बलियो नभएकाले यसलाई मर्मत गर्न निकै गार्‍हो हुन्छ । 

बेतको फर्निचरमा कीरा लाग्नसक्छ । 

सुरुमा आफ्नो आवश्यकता के हो र के–का लागि प्रयोग गर्ने हो यकिन गर्नुपर्छ । 

बेतका फर्निचरको जोडाइ तथा त्यसको बुनाइ उत्कृष्ट हुनुपर्छ, त्यसैले राम्रो शोरुमबाट मात्र फर्निचर खरिद गर्नुपर्छ । 

यसमा प्रयोग भएका ग्लु तथा टाँस्सिएको भागमा ध्यान पुर्‍याउनुपर्छ । 

यसको वारेन्टीका बारेमा सोध्नुपर्छ । 

कमजोर हुने भएकाले बढी प्रयोग हुने ठाउँमा बेतका फर्निचर प्रयोग गर्नु हुँदैन । 

बेतका फर्निचरको हेरचाह 

बेतमा लागेको धूलो नियमित रूपमा सफा गर्नुपर्छ । 

बेतका फर्निचरलाई सधैं छायामा राख्नुपर्छ । 

समय–समयमा स्पोन्जलाई केही चिसो बनाएर फर्निचर पुछ्नुपर्छ । 

दाग तथा अन्य खराबीलाई समय–समयमा निरीक्षण गरी ठीक गर्नुपर्छ । 

लामो समय टिकाउन यसलाई रंगाउन तथा तेल प्रयोग गर्न सकिन्छ । 

बेतका फर्निचर जथाभावी प्रयोग गर्नु हुँदैन ।

 Image