मर्मभित्र मदन
‘मेरी धर्मपत्नी यशोदा नभएको भए म आज यो स्थानमा हुँदैनथें । जीवनमा जे–जति गर्न सकें उनकै प्रेम, साथ, सहयोग र प्रेरणाले सम्भव भएको हो’ उनले भने, ‘यशोदाको स्वर्गारोहणपछिका पाँचवर्षयता म अधूरो र अपूरो छु ।’
अहिले सर्ट फिल्मको क्रेज निकै बढ्दो छ । सोही कुरालाई मध्यनजर राख्दैे सर्ट फिल्म निर्माण एवं निर्देशनमा लागेका मोडल तथा कलाकार समर गौतम अहिले चर्चामा छन् । सुलसुले डटकमका लागि दर्जनभन्दा बढी भिडियो तथा १५ वटा स्क्रिप्ट गरेका कलाकार गौतम विभिन्न सांगीतिक विधामा सहजै भिज्नसक्ने क्षमतावान् तथा अव्वल कलाकारका रूपमा परिचित छन् । उनले मेरो एल्बमको ‘तिम्रो पाउजु बजेर थाहा पाएँ’ बोलको गीतमा कुमार लिम्बुको स्वर तथा सुरज सिंह ठकुरीको निर्देशनमा तयार भएको ‘तिम्रो मेरो प्रेमको कथा’ बोलको गीत, गायक गणेश न्यौपानेको धनकुटा भोजपुर एल्ब्मको ‘गौरव गर्छाैं’ बोलको राष्ट्रिय गीतमा पनि मोडलिङ गरेका छन् । उनले म्यूजिक भिडियोको अवाला हिमालयन टेलिभिजनबाट प्रशारण हुने हास्यशृंखला ‘४२० को झटका’ को लेखन तथा अभिनय, एनटीभी प्लसको टेलिफिल्म ‘कलह’, कान्तिपुर टेलिभिजनको ‘ किलो टेंगो माइक’ मा अभिनय गरिसकेका समर पछिल्लो समयमा युट्युव च्यानलका लागि लेखन तथा अभिनयको काम गरिरहेका छन् । उनको युट्युव च्यानल सुलसुले डटकमले अहिलेसम्म १९ वटा सर्ट फिल्म प्रस्तुत गरेको छ । गएको दुई महिना अगाडि देखि नेपाली समसामयिक, मनोरञ्नजन तथा व्यङग्यात्मक शैलीका ५ देखि १० मिनेटसम्मका भिडियो अपलोड गर्दै आइरहेको सुलसुले डटकम नेपालमा सबैभन्दा धेरै संख्यामा मानिसहरूले हेर्ने र भिजिट गर्ने च्यानलमा पनि पर्छ ।