प्रेमिल जोडी
एकजना साथीले मोडल करिष्मा केसीलाई ‘सलोन बस्नेतसँग म्युजिक भिडियो खेल्ने हो ?’ भनेर अफर गरे । करिष्माले ‘हुन्छ’ भनिदिइन् । सलोनले अभिनय गरेको ‘होस्टल’ चलचित्र हेरेपछि करिष्मा उनको फ्यान बनेकी थिइन् ।
सौन्दर्य व्यवसायमा आबद्ध भए पनि पूजा आफू पनि निकै सुन्दर छिन् । नेपालमै विभिन्न स्थानमा तालिम लिए पनि उनले आफूलाई निखार्न भारतका विभिन्न केन्द्रहरूबाट तालिम लिएकी छिन् । सालिन तथा निकै मेहनती पूजा अरूलाई मात्र होइन, आफूलाई सुन्दर राख्न पनि उत्तिकै निपुण छिन् । बिहान उठी घरको काम सकेपछि उनको अधिकांश समय कर्मथलोमै बित्छ । फुर्सदको समयमा साइटमा नयाँ–नयाँ मेकअप तथा केश सज्जाबारे जानकारी लिन उनलाई निकै रमाइलो लाग्छ । कालो रंग मन पराउने पूजाको दिन निकै रमाइलो छ ।



