सीपले आत्मनिर्भर
पछिल्लो समय पूर्वकम्लरीहरू सीप सिकेर आत्मनिर्भर बन्दै गएका छन् । यसमा उनीहरूलाई केही संस्थाले सहयोग गरेका छन् । ती संस्थाहरूले उनीहरूलाई सिलाइ–बुनाइको सीप सिकाएर आत्मनिर्भर बन्न प्रेरित गर्दै आएका छन् ।
विगत ७ वर्षदेखि ज्येष्ठ नागरिकलाई नर्सिङ सेवा प्रदान गर्दै आएको अर्किड केयर होमले आफ्ना विविध सेवा विस्तार गरेको छ । यसले ७ वर्षमा धेरै आमाबुवाहरूलाइ स्याहार तथा हेरचाह गर्दै आएको छ । अहिलेको व्यस्त जीवनशैलीका कारण चाहेर पनि कसैले कसैलाई समय दिन नसक्ने कुरालाई मनन गरेर अर्किड केयरले अझ थप सेवा सञ्चालनमा ल्याएको हो । करिब ३० शैया रहेको यो केयर होम बाँसबारी, काठमाडौंमा छ । सेन्टरमा मात्र होइन, घरघरमा सेवा पुर्याउने उद्देश्यले अहिले यसले आफ्नो मोबाइल सेवा विस्तार गरेको छ । आफ्ना सेवा घरघरमा पुर्याउनका लागि यसले भ्यान तथा स्वास्थ्यसेवा उपलब्ध गराउँछ । फोन गरेको केही समयमा सेवा दिन यसका टिम घरैमा हाजिर हुन्छन् । एउटा सभ्य तथा तनावरहित समाजको सिर्जना गर्न पनि यो पहल भएको यसकी सञ्चालिका यमुना कटवाल बताउँछिन् । आफ्ना अभिभावकहरूको माया कसलाई हुँदैन, तर आफ्नो व्यस्त जीवनशैलीका कारण समय दिन सकिँदैन । यस्ता केयर होमले त्यस्ता सन्तानहरूको समस्या समाधान गरिदिने उनको अनुभव छ । यहाँ घरायसी वातावरणमा सेवाग्राहीहरूलाइ प्राविधिक रूपमा पनि गुणस्तरीय सेवा दिइन्छ । केयरको वातावरण निकै स्वस्थकर भएको पनि उनी बताउँछिन् । केयर होमले अहिले अल्जाइमर तथा डिमेन्सियाबारे पनि नि:शुल्क परामर्श सेवा दिने गरेको छ । त्यसैगरी यसले विभिन्न क्षेत्रका महिला दिदीबहिनी तथा गृहिणीहरूलाई पनि आफ्ना घरका आमाबुवालाई कसरी हेरचाह गर्ने तथा रोगहरूका विषयमा विविध तालिमहरूको आयोजना गर्छ ।