नेपालको हस्पिटालिटी विश्वमै प्रख्यात
हामी नेपालीको स्वभाव हँसमुख छ । हामी मिजासिला छौं । हामीकहाँ प्राकृतिक सुन्दरता उत्तिकै छ । हाम्रो कला–संस्कृति, संस्कार, पर्व र प्राकृतिक सुन्दरतालाई संसारभर चिनाउनुपर्छ ।

वातावरण स्वस्थ एवं स्वच्छ राख्नु हामी सबैको प्रमुख कर्तव्य हो ।
घरबाट निस्किएको फोहोर व्यवस्थापनका लागि केही दूरीमा खाल्डो खनेर फोहोर जम्मा गर्न सकिन्छ ।
फोहोरलाई कम्पोस्ट मल बनाउन माथिबाट प्वाल पारिएको पातलो प्लास्टिक, हेज वा रुख काट्दा निस्किएका हाँगाबिँगाले छोपिदिनुपर्छ ।
घरको वरिवरि बिरुवा रोप्दा स्वस्थ हावाका साथै पर्याप्त मात्रामा अक्सिजन प्राप्त हुन्छ ।
भान्साको सफाइ कायम राख्न सिंकमा जुठा भाँडा राख्नुहुँदैन र डस्टबिन नियमित रूपमा सफा गर्नुपर्छ।