‘नेपालीहरूमा खानपानको शैली बदलिएको छ’
पछिल्लो समय इन्टरनेसनल एक्सपोजर र व्यस्तताले नेपालीहरूको खानपान शैली र सोच बदलिएको छ । बाहिर गएर खाने, ह्याङआउट गर्ने, नयाँ–नयाँ स्वादका फुड टेस्टिङ गर्ने ट्रेन्ड बढेको छ ।
आउटलेट : न्यूरोड खिचापोखरी ।
विशेषता : महिलाहरूका सबै प्रकारका क्याजुअल परिधानका लागि उपयोगी ।
खिचापोखरी पशुपति प्लाजाको अगाडि अवस्थित रनवे फेसन स्टोर फेसनपारखी महिलाहरूका लागि उपयोगी छ । भर्खरै खुलेको यो स्टोरमा जाडोका लागि चाहिने सम्पूर्ण फेसनेबल पहिरन खरिद गर्न सकिन्छ । यहाँ टिनएजदेखि वयस्क महिलाहरूका लागि परिधान उपलब्ध छन् । दुई तल्लामा विभाजित यो फेसन स्टोरमा हरेक परिधानका लागि फरक–फरक चेम्बर निर्माण गरिएको छ । विदेशबाट आयात गरिने भएकाले यहाँ खरिद गरिएका सबै परिधान लामो समयसम्म लगाउन सकिन्छ । यहाँका पहिरनमा रंग जाने, भुवा आउने तथा सानो हुने समस्या नदेखिने यसका संचालकको दाबी छ । जाडो तथा ओपनिङलाई मध्यनजर गरी यहाँ ३० देखि ५० प्रतिशत छुट उपलब्ध गराइएको छ ।