Successfully Copied

वसुदा बजिमय, सिन्ड्रेला ब्युटिपार्लर, बालाजु

फेसमास्क जुनसुकै समयका लागि उपयुक्त छ । सौन्दर्यमा निखार ल्याउन यसको प्रयोग प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ ।

फेसमास्कको महत्व 

फेसमास्क किन आवश्यक छ ? 

फेसमास्क जुनसुकै समयका लागि उपयुक्त छ । सौन्दर्यमा निखार ल्याउन यसको  प्रयोग प्राचीन कालदेखि नै हुँदै आएको पाइन्छ । महारानी क्लियोपेट्राले अण्डाको सेतो भागलाई मास्कका रूपमा प्रयोग गर्थिन् । चीनकी महारानीले पनि आफ्नो छाला सुन्दर बनाउन सेतो मोतीको चूर्ण मास्कका रूपमा प्रयोग गर्थिन् । फेसमास्कले छालाबाट मृतकोष हटाएर अनुहारलाई कान्तिमय बनाउँछ । 

यसले अनुहारको छालालाई कस्तो फाइदा हुन्छ ? 

यसको प्रयोगले अनुहारको तापमान बढ्छ र रोमछिद्र खुल्छन् । फलस्वरूप पोषण तत्व अनुहारमा सजिलै भित्र पस्न पाउँछ । छालाको मेटाबोलिज्मको रेट बढ्छ । अक्सिजन प्रवाह बढ्ने भएकाले अनुहारको फोहोर तथा तेल हट्छ । त्यसपछि छालाको दूषित ब्याक्टेरिया अनुहारमा वृद्धि हुन पाउँदैन । 

मास्क कस्ता हुन्छन् र यिनलाई कसरी प्रयोग गर्न सकिन्छ ? 

मास्क विभिन्न प्रकारका हुन्छन् । यिनलाई अनुहारको प्रकृतिअनुसार प्रयोग गर्नुपर्छ । यो यस्तो उत्पादन हो जसले अनुहारलाई केही समयमै पोषण प्रदान गर्छ । यो सिट, क्रिम तथा जेल आदि स्वरूपमा खरिद गर्न सकिन्छ । 

मास्कले कसरी काम गर्छ ? 

मास्क अनुहारभरि लगाइन्छ । यसले गर्दा बाहिरको हावा मास्कभित्र पस्न पाउँदैन । मास्कको पानी छालाको पहिलो भागमा शोषित हुन्छ र अनुहारको छाला निकै नरम देखिन्छ । यसले अनुहारमा देखिने चाउरी तथा रुखोपन पनि कम गर्छ । 

मास्कलाई कसरी प्रयोग गर्ने ? 

जुनसुकै प्रकारको मास्क प्रयोग गर्दा अनुहारमा १५ देखि ३० मिनेटसम्म राख्नुपर्छ । त्यसपछि त्यसलाई बिस्तारै निकालेर सफा पानीले अनुहार धुनुपर्छ । 

 

 Image