Successfully Copied

संसारमा सबैभन्दा बढी माया कसको लाग्छ ?

मलाई जन्म दिने आमाको सबैभन्दा बढी माया लाग्छ ।

तपाईंको जीवनमा महत्व राख्ने महिला ?

नारी भनेको ममताकी खानी पनि हुन्, जसमा सद्भाव, निश्वार्थ माया छ ती महिलाहरू नै मेरो जीवनमा महत्व राख्छन् ।

कस्ता युवतीप्रति आकर्षित हुनुहुन्छ ?

सुन्दरता र जिउँडालको न्यूनतम मापदण्ड छोड्ने हो भने खुलेर मुस्कुराउने युवतीहरूले आकर्षित गर्छ ।

बाटोमा कुनै सुन्दरी युवती देख्नुभयो भने के गर्नुहुन्छ ?

सुन्दरता र प्रशन्नता मेरो लागि पर्यायवाची शब्द हुन् । सुन्दर युवती देख्दाल कस्को मन प्रशन्न नहोला र ?

युवतीहरूले कुन पहिरन लगाएर हिँडेको मन पर्छ ।

नयाँ आएको फेसनमा हिँडेको राम्रो लाग्छ तर मलाई केटीहरूले जे लगाएर हिँडे पनि राम्रो देखिन्छ । 

तपाईंको विचारमा केटीमा त्यो के गुण छ, जुन केटामा छैन ?

मन र मस्तिष्क आखिर एउटै हो । केटा र केटीभन्दा पनि शारीरिक बनावटको हिसाबले हेर्दा गर्भधारण गर्ने शक्ति महिलामा मात्रै छ ।

सबैभन्दा राम्री लागेको युवती ?

नारीहरू सबै सुन्दर नै हुन्छन् तर सबैभन्दा राम्री लागेको महिलाभन्दा सोचमग्न पो परें ।

तपाईंको नजरमा आमा ?

दुई शब्दको यो आमालाई परिभाषा गर्ने म सक्दिनँ । आमाको जति माया शायदै अरू कसैसँग हुन्छ । आफू मरेर सन्तानलाई बचाउन खोज्ने भगवानको मानव अवतार हो । 

 Image