यात्रामा आधारित हास्य प्रधान चलचित्र काफल पाक्यो माघ एक गते हलमा लाग्ने भएको छ । नेपाली सांगीतिक क्षेत्रमा दुई दर्जन भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी नायिका वर्षा राउतले काफल पाक्यो मार्फत् डेब्यु गरेकी हुन् । चलचित्रको मुख्य भूमिकामा नायक जीवन लुइँटेल र वर्षा राउत देखिएका छन् । सावित्री खत्रीको निर्देशन, विकास चौधरीको संगीत, उपेन्द्र खत्रीको निर्माण एवं प्रदिप भारद्वाजको कथामा रेड पाण्डा एण्ड हाउसको व्यानरमा निर्मित काफल पाक्यो पहिलो चलचित्र हो । यो व्यानरले हरेक वर्ष एउटा चलचित्र बनाउने योजना रहेको नायिका वर्षा राउतले बताइन् ।