Successfully Copied

भित्ता कसरी सजाउने

आकर्षक भित्ताले घरको सुन्दरतामा सुगन्ध संचार गर्छ । आफ्नो सपनाको संसारमा नयाँ तरिकाले निखार ल्याउन केही स्मार्ट वाल डेकोरेटिभ आइडियाज अपनाउन सकिन्छ ।

आकर्षक भित्ताले घरको सुन्दरतामा सुगन्ध संचार गर्छ । आफ्नो सपनाको संसारमा नयाँ तरिकाले निखार ल्याउन केही स्मार्ट वाल डेकोरेटिभ आइडियाज अपनाउन सकिन्छ ।

मिरर 

भित्तालाई सजाउन मिरर अर्थात् आकर्षक ऐनाभन्दा राम्रो अर्को कुनै विकल्प छैन । ठूलो फ्रेम भएको मिरर वाल डेकोरेसनमा त काम आउँछ नै, त्यसको प्रयोगले सानो कोठालाई पनि ठूलो देखाउन सकिन्छ ।

डेकोरेटिभ टिप्स

–ठूलो आकारको मिरर छनोट गर्नुपर्छ ।

–मिररको प्रयोग विशेषगरी लिभिङ र डाइनिङ रुमको भित्ता सजाउन गर्नुपर्छ ।

सिनरी 

वाल डेकोरेसनका लागि ठूलो र ब्राइट सिनरिज पनि उत्तम उपाय हो । यसले भित्तालाई सजाउनुका साथै प्राकृतिक सौन्दर्य पनि झल्काउँछ ।

डेकोरेटिभ टिप्स

–डाइनिङ रुमको वाल डेकोरका लागि फ्रुट्स र भेजिटेबल सिनरिजलाई प्राथमिकता दिनुपर्छ ।

–लिभिङ रुमका लागि नेचुरल सिनरिज जस्तै गार्डेन, माउन्टेन, झरना, नदी आदिका दृश्य छनोट गर्नुपर्छ ।

वालपेपर

वाल डेकोरेसनमा वालपेपरको प्रयोग सबैभन्दा सहज उपाय हो । आवश्यकता मात्र सही छनोटको हो ।

डेकोरेटिभ टिप्स

–थिमअनुसार वालपेपर छनोट गर्नुपर्छ । कोठालाई फ्लोरल थिम दिने चाहना छ भने फूलको डिजाइनयुक्त वालपेपर छनोट गर्नुपर्छ ।

–फर्निचर वा फ्लोरिङसित म्याच हुने वालपेपर प्रयोग गर्नुपर्छ । यसबाट कोठाको सुन्दरता वृद्धिमा सहयोग पुग्छ ।

ह्याङ्गिङ् डेकोर आइटम्स

वाल ह्याङ्गिङ् डेकोरेटिभ आइटम्सबाट पनि भित्ता सजाउन सकिन्छ । बजारमा यसका अनेकौं रेन्ज उपलब्ध छन् ।

डेकोरेटिभ टिप्स  

–ह्याङगिङ क्यान्डल वाल स्ट्यान्डले भित्ता सजाउनुपर्छ । यसले घरको सुन्दरतामा निखार ल्याउनुका साथै घरमा उज्यालो छर्ने काम पनि गर्छ ।

–पूजाघरको भित्ताका लागि भगवान्को प्रतिमा वा स्वस्तिक, ओमजस्ता शुभ प्रतीक मानिने ह्याङगिङ्स उपयुक्त हुन्छन् ।

अल्फाबेटिकल वाल डेकोरेटिभ

बजारमा अल्फाबेट्सयुक्त वाल डेकोरेटिभ आइटम्स पनि पाइन्छन् । जस्तै ठूलो साइजको ए, बी, सी, डी । यसैगरी ठूल्ठूला फ्रेममा म्यासेज पनि उपलब्ध हुन्छन् ।

 Image