Successfully Copied

नारायण पुरी ( चिफ एक्ज्युकेटिभ डाइरेक्टर तथा प्रोड्युसर, हिमालयन टेलिभिजन )

नारीलाइ सृष्टिकर्ता, जननी, प्रेरणाकी स्रोत साथै मायाकी प्रतिमुर्ति भन्न रुचाउने पुरीको नजरमा नारी....

नारायण पुरी ( चिफ एक्ज्युकेटिभ डाइरेक्टर तथा प्रोड्युसर, हिमालयन टेलिभिजन )

चन्द्रकला तथा लाल पुरीका नौं सन्तान मध्येका नारायण पुरीका ५ दिदी, १ भाइ र २ बहिनी छन् । स्यांङजा सतुहमा जन्मेका उनले तनहुंको खैरेनीटारबाट एस एल सी पास गरी काठमाण्डौंको त्रिचन्द्र क्याम्पसबाट बिएस्सी र बिए सम्मको अध्ययन पुरा गरेका छन् । बि.सं. २०४२ सालताका आरोहणसंबद्ध रंगकर्मबाट करियर शुरुवात गरेका उनले ०४३ देखी चक्षु, दृष्टि, देशान्तर, जनता साप्ताहिक मार्फत रंगपत्रकारितमा आफ्नो कला पस्किए । ०४५ सालदेखी उनी नेपाल टेलिभिजनका बालकार्यक्रम र बालटेलिचलचित्रमा असिस्टेन्स डाइरेक्टर भएर काम गर्न थाले । नेपालमा ०४६ सालयता फिचर फिल्मले ब्यापकता पाउन थाले । त्यसपछि पुरीले चलचित्रसम्बन्धी अझ बढी ज्ञान हांसिल गर्न अरुणिमा चलचित्रमा साइड हिरोको रोलमा खेलेपछि बि.सं. २०४९ मा तपस्या नामक नेपाली फिचर फिल्मबाट निर्देशकका रुपमा उदाए । हालसम्म २८ वटा फिचर फिल्म निर्देशन गरिसकेका पुरीले सयौं बृत्तचित्र, टेलिचलचित्र तथा बिज्ञापन निर्माण गरिसकेका छन् । नारीलाइ सृष्टिकर्ता, जननी, प्रेरणाकी स्रोत साथै मायाकी प्रतिमुर्ति भन्न रुचाउने पुरीको नजरमा नारी....

आमा–सृष्टि ।

संसारमा बोल्ड लाग्ने महिला–आन साङ सुकी ।

प्रेरक महिला–मेरी आमा ।

पुस्तकको मन छोएकी पात्र– उलारकी द्रौपदा ।

महिलाको मनपर्ने पक्ष–मायाकी प्रतिमुर्ति ।

चलचित्रकी प्रिय पात्र– रिहाइकी हेमा मालिनी ।

महिलाको मन नपर्ने पक्ष–आफुलाइ कमजोर ठान्ने ।

श्रीमती–  उत्प्रेरणा र असल साथी ।

महिलाले सुधार गर्नुपर्ने कुरा – आत्माबिश्वास बढाउनुपर्छ भन्ने लाग्छ ।

काम गर्दा सहज लाग्ने महिला–गौरी मल्ल ।

छोरी–घरको उज्ज्यालो । 

एकदिनका लागी महिला हुन पाए–अनुराधा कोइराला । 

 

 Image