हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।
गाडी तथा स्कुुटर अहिलेको समयको माग हो । अहिलेको व्यस्त जीवनशैलीमा आफ्नो सवारी साधनबिना समयसँग चल्न सकिँदैन तसर्थ के महिला के पुरुष सबैका लागि सवारी साधन आवश्यक भएको छ । अहिले यसलाई मध्यनजर गरी नेपालका धेरैजसो वित्तीय संस्थाले अटो ऋण प्रदान गर्छन्। कतिपय मानिसको रुचि गाडी चलाउने हुन्छ । मानिसहरू आफ्नो जीवनसाथी वा परिवारसँग गाडीमा घुम्न रमाउँछन् । आफ्नो परिवारसँग बाहिर जाँदा सार्वजनिक सवारी साधनमा आवत–जावत गर्न कठिन हुन्छ । यस्तो अवस्थामा आफ्नो सवारी साधन भए निकै सहज हुन्छ । यस्तो अवस्थामा अटो ऋणका माध्यमबाट गाडी लिएर आफ्नो जीवनलाई रमाइलो बनाउन सकिन्छ । आफूसँग सवारी साधन हुँदा कसैको सहयोगको अपेक्षा गर्नु पर्दैन ।