निर्वाचनमा महिला उपेक्षित
मुलुक चुनावमा होमिएको छ । यसैक्रममा प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा उम्मेदवारको मनोनयम प्रक्रिया सकिएको छ । मनोनयमा प्रत्यक्ष निर्वाचनतर्फ महिलाको प्रतिनिधित्व संख्या न्यून छ ।
स्वरूपाको स्मरण
सानै उमेरदेखि गीत गाउँदै आएकी स्वरूपाले लोक, आधुनिक तथा तीज गीतका एल्बमहरू बजारमा ल्याइसकेकी छिन् । प्रिज्म रेकर्डिङ स्टुडियोमा व्यवस्थापन हेर्ने स्वरूपासँग अरूको रेकर्डिङको समय मिलाउँदा–मिलाउँदै आफ्नो गायन पछाडि परेको अनुभव छ । उनले भर्खरै स्मरण शीर्षकको आधुनिक गीति संग्रह बजारमा ल्याएकी छिन् । आठ वटा गीत समावेश गरिएको यो एल्बममा अर्जुन कौशल, स्वधा पुन, कस्तुप पन्त, नवीन रोक्का, कृष्ण केसी, अनिल निर्दाेष, हरि थापाको रचना छ भने अर्जुन कौशल, बीबी अनुरागी, कस्तुप पन्त एवं हरि थापाको संगीत छ छ भने एउटा गीतमा स्वरूपराज आचार्यको समेत स्वर सुन्न सकिन्छ । यो एल्बमको बजार मूल्य २ सय ५० रुपैयाँ छ ।