खगोल विज्ञान सिक्दै–सिकाउँदै
सुरेशको संस्थाले देशका विभिन्न स्थानबाट तारा हेर्ने र खगोलमा रुचि राख्नेहरूका लागि प्रशिक्षण तथा कार्यक्रम सञ्चालन गर्दै आएकोे छ ।
स्वरूपाको स्मरण
सानै उमेरदेखि गीत गाउँदै आएकी स्वरूपाले लोक, आधुनिक तथा तीज गीतका एल्बमहरू बजारमा ल्याइसकेकी छिन् । प्रिज्म रेकर्डिङ स्टुडियोमा व्यवस्थापन हेर्ने स्वरूपासँग अरूको रेकर्डिङको समय मिलाउँदा–मिलाउँदै आफ्नो गायन पछाडि परेको अनुभव छ । उनले भर्खरै स्मरण शीर्षकको आधुनिक गीति संग्रह बजारमा ल्याएकी छिन् । आठ वटा गीत समावेश गरिएको यो एल्बममा अर्जुन कौशल, स्वधा पुन, कस्तुप पन्त, नवीन रोक्का, कृष्ण केसी, अनिल निर्दाेष, हरि थापाको रचना छ भने अर्जुन कौशल, बीबी अनुरागी, कस्तुप पन्त एवं हरि थापाको संगीत छ छ भने एउटा गीतमा स्वरूपराज आचार्यको समेत स्वर सुन्न सकिन्छ । यो एल्बमको बजार मूल्य २ सय ५० रुपैयाँ छ ।